जनकपुरको मिट क्याम्पसको स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यू, जनकपुर–जलेश्वर सडक जाम
दिउँसो १२ बजेदेखि नै जनकपुर–जलेश्वर सडकखण्डमा स्थानीयहरुले सडक जाम गरी प्रदर्शन गरिरहेको छ । सडक जामको कारण जनकपुर र जलेश्वरबाट चल्ने सवारी साधनहरु सडकमै ठप्प भएको छ ।

२०८० भदौ ७ बिहीबार, दिउँसो १:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको मिट क्याम्पसको स्कूल बसले ठक्कर दिँदा पुरुषको घटनास्थलमै मृत्यू भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका परिकौली चौक दामोदर स्कूल अगाडि मिथिला इंस्टिट्यूट ऑफ टेक्नोलॉजी एम.आई.टि. जनकपुर को बा २ क १५३६ नम्बर को बस जनकपुर बाट जलेश्वर आउदै क्रममा एक मोटरसाइकल चालक लाई ठक्कर दिदा परिकौली निवासी ३५ वर्षिय सन्तोष यादव को घटनास्थल मैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जलेश्ववर बाट जनकपुर तर्फ जादै गरेको मोटरसाइकिल नम्बर ज ८ प ९२६७ का चालक सन्तोष यादव को मृत्यु भएपछि स्थानियले सड़क जाम गरेका छन ।
दिउँसो १२ बजेदेखि नै जनकपुर–जलेश्वर सडकखण्डमा स्थानीयहरुले सडक जाम गरी प्रदर्शन गरिरहेको छ । सडक जामको कारण जनकपुर र जलेश्वरबाट चल्ने सवारी साधनहरु सडकमै ठप्प भएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…