'गाई खानेलाई खान दिनुपर्ने' भन्ने जसपाकी साँसद तत्मा विरुद्ध हिन्दु सम्राट सेनाको प्रदर्शन
केही दिन अगाडी कोशी प्रदेशको धरानमा एक समुदायका व्यक्तिहरुले सार्वजनिक रुपमै गोरु काटेर भोजभतेर गरेको भिडियो समाजिक सँजालमा आएकापछि विभिन्न टिकाटिप्पणी हुँदा साँसद तत्माले खानेलाई खान दिनुपर्ने टिप्पणी गरेकी थिईन् । यद्यपी, उनले सो टिप्पणीको लागि माफी समेत स्टेटसमार्फत मागि सकेकी हुन् ।

२०८० भदौ ७ बिहीबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धरानमा गोरु काटेर खाएपछि समाजिक सँजालमा गाई खानेलाई खान दिनुपर्ने टिप्पणी गरेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेश साँसद ललिता दास तत्माविरुद्ध नाराबाजी गरिएको छ ।
मधेश प्रदेशको सिरहा जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्बामा हिन्दु सम्राट सेनाले साँसद तत्माविरुद्ध प्रदर्शन गरेको हो । संविधानमा गाई गोरु काटेर खान नहुने उल्लेख हुँदाहुँदै जसपाकी साँसद तत्माले एक फेसबुक पोष्टमा “गाई गोरु खानेलाई खान दिनुपर्छ” भन्ने टिप्पणी गरेपछि उनको चौतर्फी विरोध भएको हो ।
एक राजनीतिक दलकी साँसद भएर संविधान विपरितको टिप्पणी र धर्म विरोधी टिप्पणी दिएको भन्दै हिन्दु सम्राट सेना सिरहाले उनको विरोध गरेको हो । चोहर्बा चोकमा सेनाका पदाधिकारी, सदस्यहरुले साँसद तत्मा विरुद्ध दुई घण्टासम्म प्रदर्शन गरेको हो ।
हिन्दु सम्राट सेनाले राष्ट्रिय जनावरलाई काटेर खान दिनुपर्ने अभिव्यक्ति दिएको भन्दै साँसद तत्मालाई कारवाहीको माग गरेको हो । उनीहरुले जसपासँग उनलाई कारवाही गर्न माग गरेको हो ।
केही दिन अगाडी कोशी प्रदेशको धरानमा एक समुदायका व्यक्तिहरुले सार्वजनिक रुपमै गोरु काटेर भोजभतेर गरेको भिडियो समाजिक सँजालमा आएकापछि विभिन्न टिकाटिप्पणी हुँदा साँसद तत्माले खानेलाई खान दिनुपर्ने टिप्पणी गरेकी थिईन् । यद्यपी, उनले सो टिप्पणीको लागि माफी समेत स्टेटसमार्फत मागि सकेकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…