तल्लो जात भनेर महिलालाई गालीगलौज तथा कुटपिट गर्नेहरुमाथि छुवाछुतको मुद्दा
यादव समुदायकी महिलाहरुले लिलमदेवीलाई तल्लो जातको भनेर हेप्दै, जातीय विभेदको पराकाष्ठा नाघेको भन्दै मुद्दा दर्ता गराईएको छ । लिलमलाई थर जातकै आधारमा विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले मुद्दा चलाएको हो ।

२०८० भदौ ६ बुधबार, राति ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा एक महिलालाई दलित समुदायकी महिलालाई तल्लो जातको भनेर जातीय विभेद गरी गालीगलौज तथा कुटपिट गरेको आरोपमा एक परिवारमाथि छुवाछुतको मुद्दा लगाईएको छ ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नं. १२ गम्हरीयाकी ४२ बर्षीय लिलमदेबी पासवानलाई सोही ठाउकी २५ बर्षिय रविता यादव लगाएतले दलित ,पासवान (दुषाद) पानी नचल्ने जाति आदी लगाएत तल्लोस्तरको शब्द प्रयोग गर्दै कवन्डल छोएको भन्दै कुटपिट गरेकी हुन ।
पानीको भाडो छोएको भन्दै सर्लाहीमा गैरदलित यादव समुदायकी महिलाले दुषाद समुदायकी महिलालाई कुटपिट गर्नु भनेको गम्भिर मानव अधिकार उलंघन भएको दलित समुदायको ठहर गर्दै मुद्दा चलाईएको हो ।
यादव समुदायकी महिलाहरुले लिलमदेवीलाई तल्लो जातको भनेर हेप्दै, जातीय विभेदको पराकाष्ठा नाघेको भन्दै मुद्दा दर्ता गराईएको छ । लिलमलाई थर जातकै आधारमा विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले मुद्दा चलाएको हो ।
जातीय छुवाछुत विभेद ठहर भएको खण्डमा ३ महिनादेखि ३ बर्षसम्मको जेल सजाय र १ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना लाग्न सक्छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…