नापी कार्यालयका अमिन यादव घुससहित रँगेहात पक्राउ
अमिन यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ लिसकेको अवस्थामा पक्राउ गरेको हो ।

२०८० भदौ ६ बुधबार, दिउँसो ३:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नापी कार्यालय सिरहा लहानका नापी अमिन घुससहित रँगेहात पक्राउ परेका छन् ।
सिरहाको लहानस्थित रहेको नापी कार्यालयमा कार्यरत अमिन दिपरँजन यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १० रुपैयाँ घुससहित रँगेहात पक्राउ गरेको हो ।
अमिन यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ लिसकेको अवस्थामा पक्राउ गरेको हो ।
यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास लगेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…