त्रिशुली नदीमा खस्यो यात्रुवाहक बस, उद्धार टोली घटनास्थलमा
दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको यकिन विवरण नदिएपनि घाईतेहरुको उपचार स्थानीय अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।

२०८० भदौ ६ बुधबार, दिउँसो १२:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पृथ्वी राजमार्ग अन्तर्गत एक यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ । बस अनियन्त्रित भएर नदीमा खसेको जनाईएको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं. २ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०ः४० बजे त्रिशूली नदीमा खसेको हो।
एसपी मिश्रले आफू पनि त्यस ठाउँमा जाँदै गरेको र थप विवरण आउन केही समय लाग्ने जानकारी दिए।
‘मलाई पनि भर्खर जानकारीमा आएको छ। बस नम्बर र बसमा कति यात्रु थिए भन्नेबारे खुल्न बाँकी छ।’
दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको यकिन विवरण नदिएपनि घाईतेहरुको उपचार स्थानीय अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…