महोत्तरीको जलेश्वर बजार बन्द
दुई समूहबीच झडप भएपछि ठुलो सँख्यामा रहेको मिटरब्याज पीडितहरुले स्थानीय व्यापारीहरुलाई लखेटेर जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुरयाएको थियो । पछि प्रहरीले स्कटिँग गरेर उनीहरुलाई लैजान खोजेपछि महेन्द्रचोकमा प्रहरी र एक व्यापारीबीच विवाद भएको थियो । सो क्रममा प्रहरीले व्यापारीलाई बुटैबुटले हान्दै पक्राउ गरेको थियो ।

२०८० भदौ ६ बुधबार, बिहान ११:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर बजार बन्द भएको छ । स्थानीय व्यावसायी व्यापारीहरुले आज जलेश्वर बजार बन्द गराएको हो ।
जलेश्वरका व्यापारीलाई प्रहरीले कुटपिट गरेको भन्दै स्थानीय व्यापारीहरुले जलेश्वर बजार बन्द गराएको हो । जलेश्वर उद्योग वाणिज्य सँघ जलेश्वरले आज एक दिने जलेश्वर बजार बन्द गरेको हो । बन्दको कारण स्थानीय शैक्षिक सँस्था, कल कारखाना, बजार, पसल सबै बन्द भएको छ ।
मँगलबार जलेश्वरको महेन्द्रचोकस्थित मिटरब्याज पीडितको आन्दोलन धर्नाको क्रममा एक व्यापारीसँग भएको टशनपछि अवस्था बिग्रेको थियो । एक व्यापारीलाई मिटरब्याज पीडितहरुले थुरैया गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
आन्दोलनको क्रममा समान्य भनाभन हुँदा एक व्यापारीले मिटरब्याज पीडित आन्दोलनकारीमाथि बोतल फालेको थियो । त्यसपछि पीडितहरुले समेत सामुहिक रुपमा बोतल फालेपछि अवस्था तनावग्रस्त बनेको थियो । केही बेरमा अवस्था समान्य भएपछि पनि केही व्यापारीहरुले पुनः मिटरब्याज पीडितहरुसँग झगडा र कुटाकुट गरेपछि अवस्था झन बिग्रेको हो ।
दुई समूहबीच झडप भएपछि ठुलो सँख्यामा रहेको मिटरब्याज पीडितहरुले स्थानीय व्यापारीहरुलाई लखेटेर जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पुरयाएको थियो । पछि प्रहरीले स्कटिँग गरेर उनीहरुलाई लैजान खोजेपछि महेन्द्रचोकमा प्रहरी र एक व्यापारीबीच विवाद भएको थियो । सो क्रममा प्रहरीले व्यापारीलाई बुटैबुटले हान्दै पक्राउ गरेको थियो ।
राती नै रिहा गरिएका ती व्यापारीको दबाबमा जलेश्वर उद्योग वाणिज्य सँघका अध्यक्ष लवराजा सिँहले एक दिने जलेश्वर बजार बन्दको घोषणा गरिदिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…