मधेश प्रदेशः बोरामा कोचेर दुई बालबालिकालाई भारत लैजाँदै गर्दा एक युवक बोर्डरमै पक्राउ
बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डाँगीले बताए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए ।

२०८० भदौ ३ आइतबार, बेलुकी ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लास्थित दुई बालबालिकालाई बोरामा कोँचेर भारत लैजाँदै गर्दा एक युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेशको बारा जिल्लाको सिमावर्ती देवताल गाउँपालिकास्थितबाट सशस्त्र प्रहरीले बोरामा कोची भारत लैजाँदै गर्दा चेकजाँचको क्रममा एक युवकलाई पक्राउ गरी बालबालिका उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका वडा नं. ३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।
बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डाँगीले बताए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए ।
उनका अनुसार बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई आइतबार नै अभिभावकको जिम्मा लगाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…