लोहारपट्टि नगरपालिकाका मेयरले सरकारी बजेटमा बीच रोडमै बाजेको शालिक बनाउँदै
नगरपालिकाको विकास गर्न नसकेको प्रमुखले गाउँ सौर्न्दर्यकरणको नाउँमा नगरपालिकाको पैसाको दुरुपयोग गरि सडकको मापदण्ड विपरित स्मारक निमार्ण गर्दा सर्वसाधारणले बिरोध गरेका छ्न भने दुर्घटनाको जोखिम बढेको छ ।

२०८० भदौ ३ आइतबार, बिहान ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको एक नगरपालिकाका प्रमुखले नगरपालिकाको रकमको दुरुपयोग गरी आफ्नो बाजेको शालिक निर्माण गर्न थालेको छ ।
महोत्तरीको लोहपट्टी नगरपालिका वडा १ हुलाकी सडक अनर्तगत पर्ने आफ्नै पैत्रिक गाउँ बगरामा सडकको बिचमा पालिका प्रमुख शैलेन्द्र यादवले आफ्नै बाजे स्वर्गीय इन्द्र्जित यादवको शालिक निमार्ण गर्दा सर्वसाधारणलाई आउजाउ गर्न कठिनाई हुन थालेको छ ।
नगरपालिकाले बहुवर्षिय योजना अन्तर्गत स्मारक निर्माण काम सुरु गरेका छ्न । आर्थिक बर्श २०७९÷०८० मा १० लाख बजेट बिनियोजन गरिएको थियो जस मध्ये २५ प्रतिशत कामको ५ लाख भुक्तानी समेत भइ सकेको छ भने यस बर्ष पनि बजेट बिनियोजन गर्ने नगरपालिकाका निमित्त प्रमुख बद्रुल अन्सारीले बताए ।
ईन्द्रजित यादवको स्मारक निर्माण गर्दा पनि इन्द्रजित यादव को हुन् भने आफुलाइ थाहै नभएको निमित प्रमुखले बताएका छ्न ।
नगरपालिकाको विकास गर्न नसकेको प्रमुखले गाउँ सौर्न्दर्यकरणको नाउँमा नगरपालिकाको पैसाको दुरुपयोग गरि सडकको मापदण्ड विपरित स्मारक निमार्ण गर्दा सर्वसाधारणले बिरोध गरेका छ्न भने दुर्घटनाको जोखिम बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…