मधेशका मुख्यमन्त्रीको अभिव्यक्तिः 'मधेश कुनै पनि हालतमा भारत विरोधी हुन सक्दैन'
भारतका राष्ट्रपतिले राष्ट्रका नाममा गरेको सम्बोधन महाबाणिज्य दुत कुमारले पढेर कार्यक्रममा सुनाएका थिए । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री शमीम, अर्थ मन्त्री संजय कुमार यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र कुमार सिंह, मन्त्री सुरीता साह, श्रम मन्त्री चन्दन सिंह, सांसद अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह, जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह लगायतका नेताहरु कार्यक्रममा विशिष्ट अतिथिहरुको उपस्थिति रहेका थिए ।

२०८० साउन ३१ बुधबार, बिहान ६:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश कुनै पनि हालतमा भारत विरोधी हुन नसक्ने अभिव्यक्ति दिएका छन् ।
भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री यादवले दुई देशबीचमा सीमा भएपनि सम्बन्ध प्रगाढ गरेको बताए । उनले सोही क्रममा कुनै पनि हालातमा मधेश प्रदेश भारत विरोधी हुन नसक्ने जस्ता अभिव्यक्ति दिन भ्याए ।
वीरगञ्ज स्थित भारतीय महाबाणिज्य दुतावासले आयोजना गरेको ७७ औ स्वतन्त्रता दिवस कार्यक्रमको प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री यादवले विभिन्न आरोह अवरोह पार गर्दै भारत विश्व शक्ति पथमा दृढरुपले अगाडि बढेकोमा आग्रीम शुभकामना दिए । उनले भारतको बिरोधमा मधेश वा मधेशी जनताद्वारा कुनै प्रकारको कार्यनहुने स्पष्ट पार्दै नेपालको मधेशीहरु भारतको ठूलो समर्थक रहेको दाबी गरे ।
उनले नेपाल भारत बीच रहेको बेटी रोटीको सम्बन्ध बताउँदै नेपालमा भारतको सबै भन्दा ठूलो समर्थक नै मेधशी जनता रहेको बताए । भारतीय स्वतन्त्रता आन्दोलनमा नेपाली नेताहरु र नेपालको प्रजातान्त्रिक, गणतान्त्रिक र मधेश आन्दोलनमा भारतीय नेताहरुको समर्थनले नै दुबै देशको जनता पूर्ण स्वतन्त्रता प्राप्त गरेको मुख्यमन्त्री यादवको भनाइ थियो ।
वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावास परिसरमा आयोजित स्वतन्त्रता दिवस कार्यक्रममा मुख्यमन्त्री यादव र भारतीय महावाणिज्य दुत नितेश कुमारले नेपाल भारत मैत्रीको सेम्बोलीक बैलुनका गुच्छाहरु संयुक्तरुपमा उडाएका थिए । सो अवसरमा महाबाणिज्य दुत कुमारले राष्ट्रिय झण्डाफहराए पछि राष्ट्रिय गान सहित समारोहको सुरुवात गरेका थिए ।
भारतका राष्ट्रपतिले राष्ट्रका नाममा गरेको सम्बोधन महाबाणिज्य दुत कुमारले पढेर कार्यक्रममा सुनाएका थिए । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री शमीम, अर्थ मन्त्री संजय कुमार यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र कुमार सिंह, मन्त्री सुरीता साह, श्रम मन्त्री चन्दन सिंह, सांसद अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह, जनकपुरधाम उप महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह लगायतका नेताहरु कार्यक्रममा विशिष्ट अतिथिहरुको उपस्थिति रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…