पत्रकारसँग पँगा लिएका सप्तरीका सिडिओको सरुवा, धनुषाको नयाँ सिडिओमा पाण्डे आउँदै
धनुषाका सिडिओ काशिराज दाहाल प्रमुख जिल्ला अधिकारी भएर आउँदा सरसफाई अभियान चलाएका थिए । उनले धनुषाको कार्यकालमा महत्वपूर्ण कार्यहरु गरी शान्ती सुरक्षाको लागि महत्वपूर्ण निर्णयहरु लिने सिडिओको सूचिमा छन् ।

२०८० साउन ३० मंगलबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पत्रकारसँग पँगा लिएका सप्तरीका सिडिओ भूपेन्द्र थापाको सरुवा भएको छ । गृह मन्त्रालयले मंगलबार उनको सरुवा चितवनमा गरिदिएको हो ।
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। चितवन, सप्तरी, धनुषा र नुवाकोटका सिडिओ फेरिएका हुन्।
चितवनमा भूपेन्द्र थापालाई सरुवा गरिएको छ। थापा सप्तरीमा कार्यरत थिए। चितवनमा सिडिओ रहेका सुरेन्द्र पौडेललाई नुवाकोटमा खटाइएको छ भने नुवाकोटमा कार्यरत किरण थापालाई सप्तरीमा सिडिओका रूपमा सरुवा गरिएको छ।
मिडियामाथि अँकुश लगाउँदै सप्तरीका सिडिओ थापाले बिना अनुमति फोटो, भिडियो खिच्न नहुने सूचना निकालेपछि पत्रकारहरु आन्दोलित भएका थिए । उनको चौतर्फी विरोध समेत भएको थियो । अन्ततः उनको सरुवा चितवन जिल्ला गरिएको हो ।
धनुषाका सिडिओ काशीराज दाहाललाई कारागार व्यवस्था विभागमा सरुवा गरी त्यहाँ कार्यरत सहसचिव चक्रपाणि पाण्डेलाई धनुषाको सिडिओमा पठाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
धनुषाका सिडिओ काशिराज दाहाल प्रमुख जिल्ला अधिकारी भएर आउँदा सरसफाई अभियान चलाएका थिए । उनले धनुषाको कार्यकालमा महत्वपूर्ण कार्यहरु गरी शान्ती सुरक्षाको लागि महत्वपूर्ण निर्णयहरु लिने सिडिओको सूचिमा छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…