सप्तरीको सिडिओ अफिसको बेतिथि लुकाउन पत्रकारमाथि सिडिओको धम्की, समाजिक सँजालमा ट्रोल
सर्वसाधारणको हक समेत भएको जिल्ला प्रशासन कार्यालय सप्तरीमा पत्रकारहरुलाई समेत बिना अनुमति फोटो भिडियो लिन नपाउने भनेपछि चौतर्फी आलोचना गरिएको हो । सिडिओ कार्यालय भित्रको बेतिथि, गैर कानुनी कार्य, भ्रष्टाचार विरुद्धको प्रमाण समेत अनुमति लिनुपर्ने धारणाप्रति खेद प्रकट गरिएको छ । पत्रकारमाथि अँकुश लगाउने कार्य गरेको भन्दै सिडिओ थापाको आलोचना भएको छ ।

२०८० साउन २४ बुधबार, बेलुकी ७:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीको बेतिथि लुकाउने दाउमा लागेका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा समाजिक सँजालमा ट्रोल भएका छन् ।
सप्तरीका सिडिओ भुपेन्द्र थापाले जिल्ला प्रशासन कार्यालय सप्तरीको तस्विर वा भिडियो खिच्न अनुमति लिनुपर्ने सूचना जारी गरेपछि समाजिक सँजालमा ट्रोल भएका हुन् । उनले पत्रकारहरुलाई समेत उदृत गर्दै कुनै पनि फोटो वा भिडियो लिनुभन्दा अगाडी अनुमति लिनुपर्ने सूचना उर्दी जारी गरेपछि चौतर्फी आलोचना भएको छ ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन कश्यप अधिकारीद्धारा हस्ताक्षरित सूचनामा सेवाग्राही, पत्रकारहरुले कार्यालय परिसर भित्रको फोटो तस्विर समाजिक सँजाल, पत्रपत्रिकामा समेत हाल्ने गरेको भन्दै आईन्दा अनुमति बिना तस्विर खिच्न नपाउने भन्ने धम्काएका छन् ।
सर्वसाधारणको हक समेत भएको जिल्ला प्रशासन कार्यालय सप्तरीमा पत्रकारहरुलाई समेत बिना अनुमति फोटो भिडियो लिन नपाउने भनेपछि चौतर्फी आलोचना गरिएको हो । सिडिओ कार्यालय भित्रको बेतिथि, गैर कानुनी कार्य, भ्रष्टाचार विरुद्धको प्रमाण समेत अनुमति लिनुपर्ने धारणाप्रति खेद प्रकट गरिएको छ । पत्रकारमाथि अँकुश लगाउने कार्य गरेको भन्दै सिडिओ थापाको आलोचना भएको छ ।
यता, नेपाल पत्रकार महासँघ सप्तरी शाखाले सिडिओलाई सो उर्दी फिर्ता लिन ३ घण्टाको अल्टिमेटम दिएको छ । महासँघले एक प्रेस विज्ञप्ति जारी गर्दै ३ घण्टाभित्र त्यस्तो उर्दी फिर्ता लिन अल्टिमेटम दिएको हो । प्रेस स्वतन्त्रतामाथि अँकुल लगाउन खोजेको ठहर गर्दै महासँघले यथाशिघ्र उर्दी फिर्ता लिन माग गरेको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…