कमला नदीमा खतराको घण्टी, आसपासको क्षेत्रमा अलर्ट जारी
सिन्धुलीको रानीवास क्षेत्रका बासिन्दाहरुलाई अलर्ट जारी गरिएको हो । सोही नदी धनुषा र सिरहा भएर समेत जाने भएकोले आसपासको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

२०८० साउन २३ मंगलबार, बिहान १०:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा पानीको बहाब उच्च हुन थालेपछि आसपासको क्षेत्र बासिन्दालाई अलर्ट जारी गरिएको छ ।
बाढी पूर्वानुमान शाखाले एक सूचना जारी गर्दै कमला नदीको सिन्धुली रानीबास तर्फ सतर्कता अपनाउन अलर्ट जारी गरेको हो । कमला नदीमा बिहान ११ बजेसम्म पानीको बहाब करिब ५ घनमिटर देखाईएको छ ।
बाढी पूर्वानुमान शाखा तथा कमला नदी नियन्त्रणको सिन्धुली शाखाको रिपोर्ट अनुसार अहिले कमला नदीमा पानीको बहाब निरन्त बढीरहेकोले आसपासको क्षेत्रमा सतर्कता अपनाउन मोबाईलमा मेसेज समेत छाडिएको हो ।
सिन्धुलीको रानीवास क्षेत्रका बासिन्दाहरुलाई अलर्ट जारी गरिएको हो । सोही नदी धनुषा र सिरहा भएर समेत जाने भएकोले आसपासको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…