अब जनकपुरको यी क्षेत्रहरुमा पान, गुटखा, सूर्ति, सिगरेट सेवन तथा विक्री वितरण प्रतिबन्ध
जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय धनुषाले धार्मिक सँस्थान, शैक्षिक सँस्थान, सार्वजनिक सँस्थान, चोक चोराहामा यस्ता पदार्थ सेवन र विक्री वितरणमा रोक लगाएको हो । प्रशासनले निर्णय अटेरी गर्नेला

२०८० साउन २३ मंगलबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम बजारभित्र धार्मिक सँस्थान, शैक्षिक सँस्था र सार्वजनिक सँस्थाको वरिपरि मदिराजन्य, सूर्तिजन्य पदार्थको विक्री वितरण तथा सेवनमा रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै जनकपुरधाम क्षेत्रभित्र रहेको स्कूल, कलेज, मठ मन्दिर, मस्जिद, सार्वजनिक सँस्थान, रेल्वे स्टेशन, सिनेमा हल, होस्टल, प्रतिक्षालय र टिकट काउण्टरसहितको स्थानमा सूर्तिजन्य पदार्थको विक्री वितरण तथा सेवनमा रोक लगाईएको छ । यी स्थानहरुको १०० मिटरभित्र सार्वजनिक स्थानमा सेवनसहित विक्री वितरणमा समेत रोक लगाईएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले एक सूचना जारी गर्दै तोकिएको स्थानहरुमा पान, पराग, गुटखा, सूर्ति, चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड लगायत लागुऔषध विक्री वितरणमा रोक लगाएको हो । मँगलबार (आज) देखि नै लागू हुने गरी सो निर्णय कार्यन्वय गराउन प्रहरीलाई निर्देशन समेत दिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय धनुषाले धार्मिक सँस्थान, शैक्षिक सँस्थान, सार्वजनिक सँस्थान, चोक चोराहामा यस्ता पदार्थ सेवन र विक्री वितरणमा रोक लगाएको हो ।
प्रशासनले निर्णय अटेरी गर्नेलाई सोही कानुन बमोजिम कारवाहीको चेतावनी समेत दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…