श्री ब्रह्मचारी दामोदरानन्द कलेजद्वारा न्नमाेहरी पहाडमा श्रमदान
न्यूज ब्यूरो, सिरहा। मिर्चैया नगरपालिकामा रहेको श्री ब्रह्मचारी दामोदरानन्द कलेजद्वारा न्नमाेहरी पहाडमा सौंदर्यीकरण गर्न निम्ति श्रमदान गरेका छन्। श्री ब्रह्मचारी दामोदरानन्द कलेजद्वारा हिजो शनिबारको दिन श्रम दान कार्यक्रम आयोजना गरिएको थियो। जिल्लाको कर्जन्हा नगरपालिका वडा नं.१ बल्टिया स्थित रहेको

२०८० साउन २१ आइतबार, दिउँसो ३:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। मिर्चैया नगरपालिकामा रहेको श्री ब्रह्मचारी दामोदरानन्द कलेजद्वारा न्नमाेहरी पहाडमा सौंदर्यीकरण गर्न निम्ति श्रमदान गरेका छन्।
श्री ब्रह्मचारी दामोदरानन्द कलेजद्वारा हिजो शनिबारको दिन श्रम दान कार्यक्रम आयोजना गरिएको थियो। जिल्लाको कर्जन्हा नगरपालिका वडा नं.१ बल्टिया स्थित रहेको न्नमाेहरी पहाडमा अवस्थित ३ सय ८० फिट उचाइमा रहेको नन्द बाबा मन्दिरलाई साैन्दर्यकरण गर्नका लागि मन्दिर परिसरमा सामग्री ढुवानीको लागि श्रमदान कार्यक्रम सम्पन्न भएको छ।
पौराणिक, धार्मिक तथा प्राचीन श्री श्री १०८ श्री नन्द बाबा मन्दिर न्नमाेहरी डाडामा अवस्थित श्री नन्द बाबा मन्दिरमा ब्रह्मचारी दामोदरानन्द कलेजका कलेज प्रमुख र शिक्षकहरू लगायत सम्पूर्ण विद्यार्थीहरुद्वारा नन्द बाबा मन्दिरमा श्रमदान गरेका छन्। यस कार्यक्रममा झन्डै १०० जना भन्दा बढी विद्यार्थी लगायत शिक्षकहरू सहभागी भएका थिए। कलेजका प्रमुख सञ्जय साहले जानकारी दिए।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…