गौर काण्डः घटनाका घाईते र शहिद परिवारको नाम र ठेगाना सार्वजिक
गत साउन १३ गते देखि निरन्तर आन्दोलन गर्दै आएका संघर्ष समितिलाई शुक्रवार प्रधानमन्त्री कार्यालयले पत्राचार गरेर वार्ताका लागि आह्वान गरेको थियो । संघर्ष समितिसँग आज बिहान ८ बजे बलुवाटारमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नु भएको छ । सहभागि पीडित परिवार संयोजक रूप सागर देवीले जानकारी दिए।

२०८० साउन २० शनिबार, राति १०:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । गौर हत्या काण्डमा घाइते तथा शहिद परिवारको नाम सार्वजनिक गरिएको छ । गत ७ चैत २०६३ को गौर घटनामा घाईते भएका अमर साहले शहिद परिवारहरुको नाम सार्वजनिक गरेका छन् ।
“मलाई शरीरका विभिन्न भागमा चोट लागेको थियो । खुट्टामा, ढाडमा र अन्यत्र भाटाहरूले हानेर रगताम्ये बनाइएको थियो । घटनापछि हामीले नै घाइतेहरूको उद्धार गरेर विभिन्न अस्पताल र स्वास्थ्य केन्द्र पठाउने काम गरेका थियौं । शवहरू खोज्ने काम हामीले गरेका हौं ।”– उनले भने ।
घटनापछि सबै शवहरू काठमाडौं ल्याएर टुँडिखेलमा राखिएको थियो । त्यसपछि उनीहरूको सद्गत गर्ने काम भयो । पोष्टमार्टम लगायतका रिपोर्ट बनाउने र कागजातहरू संकलन गर्ने काम गरिएको उनले बताए । २८ चैत २०६३ मै हामीले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिएका थियौं – उनले भने । कतिपयले मुख छोपेका थिए । उनीहरूको साथमा लाठा, भाटा थिए भने कतिपयले घरेलु बन्दुक बोकेका थिए । मृतक भएका सहिदहरुको नाम र ठेगना सार्वजनिक गरेका हुन् ।

.jpeg)
सो क्रममा नरमध्येश्रर उपाध्य, सरमुजवा रौतहट, सरस्वती उप्रेती गैराटार रौतहट, रामशरण यादव, फतुवा विजयपुर भैसही रौतहट , उषा थापा क्षेत्री निजगढ वारा, रामकाजी कार्की निजगढ वारा, धर्मेन्द्र साह टेडाकटी वारा, हस्त बहादुर श्रेष्ठ सिमरा वारा, छते वाईवा पदमपोखरी मकवानपुर, उर्मिला लो बासमाडी मकवानपुर, गोविन्द अधिकारी हेटौंडा मकवानपुर, राजन पोखरेल हेटौंडा मकवानपुर, नरायन दहाल पदमपोखरी मकवानपुर, रोहन पार्खिन रायोमाटो मकवानपुर, मुनाल बि।क छतिवन मकवानपुर, कुमार टोलागे सितलमाढी सिन्धुली, जितेन्द्र थापा मगर हापुरे दाङ , वीरेन्द्र मगराती पृथ्बी नरायन नपा गोरखा , रन्त बोगटी बाजुरा, पुर्ण श्रेस्ट, निर्मलबस्ती पर्सा,फतमा खातुन जिगडवा रौतहट, चुनु ठाकुर, कुमार मगर सिन्धुलीगढी, सिन्धुली, रामविश्वास यादव रौतहट, प्रकाश राम भसेढवा रौतहट, देबेन्द्र अधिकारी लगायतले आन्दोलनरत गौर हत्याकाण्डका पीडित संघर्ष समितिले आज शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डालाई भेट गरेका छन् ।
गत साउन १३ गते देखि निरन्तर आन्दोलन गर्दै आएका संघर्ष समितिलाई शुक्रवार प्रधानमन्त्री कार्यालयले पत्राचार गरेर वार्ताका लागि आह्वान गरेको थियो । संघर्ष समितिसँग आज बिहान ८ बजे बलुवाटारमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नु भएको छ । सहभागि पीडित परिवार संयोजक रूप सागर देवीले जानकारी दिए।
२०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोस कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोस नागरिकहरु घाईते भएका थिए ।
पीडितहरुको आन्दोलनमा आम जनता पार्टी (आजपा) ले समेत समर्थन रहेको छ । पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसदमा यसबारेमा पटक पटक कुरा उठाउँदै आएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…