प्रसिद्ध 'बागेश्वरधाम सरकार' नेपाल आउँदै
उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् । सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहाँ जाँदा उनले पर्ची हेरेर उनको मनको कुरा, विगत र दुःख निवारणको उपायहरु बारे बताउने गर्दा भारतमा कलिला उमेका प्रसिद्ध बाबाको रुपमा प्रख्यात भएका छन् ।

२०८० साउन १८ बिहीबार, दिउँसो ४:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतका विश्वप्रसिद्ध हिन्दु धर्म प्रचारक मानिएका बागेश्वरधाम सरकार नेपाल आउने भएका छन् ।
बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले आगामी भदौ २ देखि ४ गतेसम्म नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन्।
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने भएका हुन्। बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र आध्यात्मिक गुरुका रूपमा परितिच छन्।
उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् । सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहाँ जाँदा उनले पर्ची हेरेर उनको मनको कुरा, विगत र दुःख निवारणको उपायहरु बारे बताउने गर्दा भारतमा कलिला उमेका प्रसिद्ध बाबाको रुपमा प्रख्यात भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…