वडाध्यक्षकै अगाडी युवकमाथि अमानवीय व्यवहार, बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले पिडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भईरहेको तथा सो सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।

२०८० साउन १५ सोमबार, राति ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहट सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले विजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ ।
गौर नगरपालिका वडा नम्वर ३ का २० बर्षिय प्रिन्स अन्सारीलाई सोही वडाका वडाध्यक्षको रोहवरमा विजुलीको पोलमा आईतवाद दिउसो ४ बजेको समयमा बाँधेर पशु सरह निर्घात कुटपिट गरेको हो ।
गत शुक्रवार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा बादविवाद भई सामान्य झै झगडा भएका थिए । सोही रिसिइवीलाई लिएर घरमा कोही नभएको मौका छोपी भाईलाई घरबाट बाहिर निकालेर विजुलीको पोलमा बाँधी पशु सरह साजिद, उसको वुवा, भाई, बतहा र आश मह्म्मदले प्लास्टिकको पाइप, मुक्का, लाठी, खुटाले निर्घात कुटपिट गरेर मरणासन्न बनाएको पिडित युवकको दाजु इलियास अन्सारीले बताए ।
भाई प्रिन्सलाई अमानविय व्यवहार एवं तालिवानी शासन जस्तो वडाध्यक्ष अन्सारुल भन्ने अब्दुल ताहिरको रोहवरमा यसरी यातना दिनु मानवअधिकारको चरम उलंघन गरेको आरोप लगाए । भाई माथि गरिएको पशुजन्य व्यवहार विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी उजुरी गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले पिडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भईरहेको तथा सो सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…