रौतहटमा राममाथि भाला प्रहार !
उनको नेशनल हस्पिटल विजयपुर बजारमा उपचार भइरहेको छ । भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

२०८० साउन १४ आइतबार, बिहान ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् ।
शनिबार साँझ ७ बजेतिर पुरानो रिसइवीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए । दायाँ कोखामा भाला लागेर राम घाइते भएका छन् ।
उनको नेशनल हस्पिटल विजयपुर बजारमा उपचार भइरहेको छ । भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…