बर्षायाममा घरवारविहिन उमेशका आमावुवा, जाग्राम बसी रात काट्दै
न्यूज ब्यूरो | जनकपुरधाम, १० जेठ । विगत १२ वर्षदेखि सउदीको जुबेल जेलमा रहेका धनुषा उमेश यादवको आमावुवाको विच्चली भएको छ । उमेश बचाउको लागि थालिएको अभियान अन्तर्गतको रकम सँकलन कार्य सफलतापूर्वक सम्पन्न भएको छ भने बर्षायामको आगमनसँगै उमेशको बृद्ध आमावुवाको विच्चली भएको छ । एउटा मात्र झोपडी भएको उमेशका

२०७५ जेठ १० बिहीबार, दिउँसो ४:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १० जेठ । विगत १२ वर्षदेखि सउदीको जुबेल जेलमा रहेका धनुषा उमेश यादवको आमावुवाको विच्चली भएको छ ।
उमेश बचाउको लागि थालिएको अभियान अन्तर्गतको रकम सँकलन कार्य सफलतापूर्वक सम्पन्न भएको छ भने बर्षायामको आगमनसँगै उमेशको बृद्ध आमावुवाको विच्चली भएको छ ।
एउटा मात्र झोपडी भएको उमेशका वुवाआमा त्यसै झोपडीमा प्रचण्ड गर्मीमा जीवन व्यत्तित गरिरहेका छन् भने वर्षा आएको दिन रातैभरि सुत्न समेत नपाउने गरेको बताउँछन् ।
उमेशका ७५ वर्षीय वुवा भोला यादव भन्छन् , "उमेश मात्र एउटा साहार थियो, बाँकीका छोराहरु जग्गा जमिन भागभण्डा गरी आ आफ्नो ठाउँ लागेका छन् । मात्र उमेशको आसमा पर्खि बसेका छौँ । यो झोपडीमा हामी दुई बृद्ध बसेका छौँ , गर्मीमा जेनतेन गुजारा गरिरहेका छौँ, जुन रात वर्षा आउँछ हामी बसेरै रात विताउँछौँ । "

यता, उमेश बचाउको अभियानको क्रममा ग्रोविँग नेपाल फाउण्डेशनमा जम्मा भएको करिब ४५ लाख रुपैयाँ बढी रकमको बारेमा समेत सार्वजनिक गरिएको छ ।
३० लाख रुपैयाँ उमेश बचाउको लागि माफीनामा पत्र वापत पीडित पाकिस्तानी परिवारलाई दिने तथा बाँकीका रकम उमेशका आमावुवा र श्रीमतिको नाममा राखिने गैर सरकारी सँस्था ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले वक्तत्व दिएका छन् ।
सहयोगी हातहरुले उमेशको आमावुवाको लागि निरन्तर घर पुगेर देश विदेशबाट आर्थिक सहयोग गरिरहेका छन् ।
उमेशको वुवाआमाको दयनीय अवस्था देखेर सहयोगकर्ताहरुले उनको घर पुगेरै रकम सहयोग गर्ने गरेका छन् ।
यता, ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष रायले उनको श्रीमतिको नाममा बैँक खाता खोली बाँकीका रकमहरु त्यही खातामा जम्मा गरेको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…