मिटरब्याज विद्येयक राष्ट्रपतिबाट प्रमाणिकरण, मिटरब्याजीलाई ७ बर्षसम्म जेल हुन सक्ने
विधेयकमा कम रकम दिइ बढीको लिखत बनाउने, रकम नै नदिइ लिखत बनाउने, आपसी लेनदेनको ब्याजलाई मूल ऋणमा जोड्ने तथा त्यस्तो लेनदेनका आधारमा चलअचल सम्पत्ति हडप्नेहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था गरिएको छ । यसअघि सरकारले ल्याएको अध्यादेश खारेज भएपछि संसदमा फास्ट ट्रयाकबाट विधेयक पास गरिएको हो ।

२०८० साउन १२ शुक्रबार, दिउँसो ४:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।
‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले कानुनी रुप लिएको छ । अब राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ ।
विधेयक प्रतिनिधि सभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले विहिबार सर्वसम्मतीले पुनः पारित गरेको थियो । त्यसपछि राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए ।
विधेयकमा कम रकम दिइ बढीको लिखत बनाउने, रकम नै नदिइ लिखत बनाउने, आपसी लेनदेनको ब्याजलाई मूल ऋणमा जोड्ने तथा त्यस्तो लेनदेनका आधारमा चलअचल सम्पत्ति हडप्नेहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था गरिएको छ । यसअघि सरकारले ल्याएको अध्यादेश खारेज भएपछि संसदमा फास्ट ट्रयाकबाट विधेयक पास गरिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…