जनकपुरः मोहरम पर्वमा हातहतियार प्रदर्शन गर्न नपाउने, अटेरी गरिए प्रशासनले गर्नेछ कारवाही
यो वर्ष मोहरम पर्व शनिवार पर्छ । विगत कही वर्षदेखि मुस्लिम समुदायले विभिन्न पर्वको नाममा सार्वजनिक स्थलहरुमा घरेलु हातहतियार प्रदर्शन गर्न थालेका छन् । तर हातहतियार प्रदर्शनको विरोध भएपछि प्रशासनले पहिले नै सचेत गराएको छ ।

२०८० साउन ११ बिहीबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरसहित धनुषा जिल्लाभरि मोहरम पर्वको नाममा कुनै प्रकारको घरेलु हतियार प्रदर्शन नगर्न प्रशासनले चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले विहिबार एक सूचना जारी गर्दै मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहरममा कुनै प्रकारको घरेलु हातहतियार प्रदर्शन गर्न चेतावनी दिएको हो ।
्पर्वको नाममा सार्वजनिक स्थलहरुमा घरेलु हातहतियार प्रदर्शन नगर्न धनुषा प्रशासनले चेतावनी दिँदै नमाने कानून बमोजिम कारवाही गरिने बताएको छ ।
मुस्लिम समुदायले मनाउने मोहरम पर्वलाई लक्षित गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सार्वजनिक स्थलहरुमा हातहतियार प्रदर्शन नगर्न सूचना जारी गरेका हुन् । उनले विभिन्न सम्प्रदायहरुले मनाउने पर्वहरुलाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित एंव सुरक्षित ढंगले मनाउन अनुरोध गरेका छन् ।
‘पर्वको अवसरमा सार्वजनिक स्थलहरुमा कुनै पनि किसिमको घरेलु हातहतियार (खुकुरी, तरवार, भाला, फर्सा आदी) प्रदर्शन नगर्नरनगराउन जिल्ला प्रशासन कार्यालय अनुरोध गर्दछ’, सूचनामा भनिएको छ, ‘यस सूचनाको अवज्ञा गरी कुनै किसिमको कार्य गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’
यो वर्ष मोहरम पर्व शनिवार पर्छ । विगत कही वर्षदेखि मुस्लिम समुदायले विभिन्न पर्वको नाममा सार्वजनिक स्थलहरुमा घरेलु हातहतियार प्रदर्शन गर्न थालेका छन् । तर हातहतियार प्रदर्शनको विरोध भएपछि प्रशासनले पहिले नै सचेत गराएको छ ।
यता, हिन्दूवादी संगठन राष्ट्रीय एकता अभियान र हिन्दू सम्राट सेनाले जनकपुरधामको मठ मन्दिर र बारहविघा मैदानमा मुस्लिम समुदायलाई प्रदर्शन गर्न नदिन प्रशासनसंग माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…