मोसा दुर्घटनामा परी ईन्सपेक्टरको मृत्यू
ईश्वरपुर नगरपालिका–६, निवासी साह फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा बुधबार (आज) फेला परेको प्रहरीले जनाएको छ ।

२०८० साउन १० बुधबार, बिहान ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मोटरसाईकल दुर्घटनामा परी एक प्रहरी नीरिक्षक (ईन्सपेक्टर) को मृत्यू भएको छ ।
मधेश प्रदेशको सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ९ खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ ।
सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट गएराति घरबाट फर्कंदै गर्दा बागमती प्रदेश ०२–०१६ प ००७१ नम्वरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो ।
ईश्वरपुर नगरपालिका–६, निवासी साह फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा बुधबार (आज) फेला परेको प्रहरीले जनाएको छ ।
सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनास्थलको प्रकृति मुचुल्का सङ्कलन भइरहेको जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…