मुस्लिमहरुको मोहरम पर्वमा हिन्दुहरुको मठ मन्दिरतर्फ निषेध गरौँः विश्व हिन्दु परिषद
धार्मिक पर्वको नाममा अहिले देखि नै हातहतियार प्रदर्शन गर्दै अराजकता फैलाउने तत्वहरुमाथि यथाशीघ्र प्रतिबन्ध लगाउन एवं कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद् नेपाल माग गरेको हो ।

२०८० साउन ९ मंगलबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दुहरुको धार्मिक सँगठन विश्व हिन्दु परिषद (जनकपुर) ले मुस्लिम धर्मावलम्बीहरुको पर्व मुहरममा हिन्दुहरुको मठ मन्दिर तर्फ निषेध गर्न प्रशासनलाई गुहार लगाएको छ ।
केही दिन अगाडी जनकपुरमा हनुमान जयन्ती, राम नवमीमा मुस्लिम समुदायको मस्जिद तर्फ हिन्दुहरुलाई प्रवेश निषेध गरेको भन्दै मुस्लिमहरुको पर्वमा पनि हिन्दुहरुको मठ मन्दिर तर्फ निषेधित क्षेत्र बनाउन प्रशासनलाई अनुरोध गरिएको छ ।
देशका विभिन्न स्थानहरूमा मुस्लिम समुदायको धार्मिक पर्व मुहर्रम मनाउने क्रममा आक्रामक शैलीमा हातहतियार प्रदर्शन गर्ने गरिएको प्रति ध्यानाकर्षण गर्दै विश्व हिन्दु परिषदले तरवार, भाला, गँराश आदि जस्ता हात हथियार लगायत अन्य आगजन्य सामग्री सहित मुहर्रम पर्वको बहानामा हरेक वर्ष देशका विभिन्न स्थानहरूमा हिन्दुहरुको जनधनमा क्षति पुर्याउँदै शक्ति प्रदर्शन गर्दे आएको बावजुद प्रहरी प्रशासनद्वारा वेवास्ता गरिनु अत्यन्तै गम्भीर एवं चिन्ताजनक विषय रहेको बताईएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै बहुसंख्यक हिन्दूहरु बसोवास गर्ने मुलुकमा एक समुदाय विशेषले पर्व एवं स्वतन्त्रताको नाममा हिन्दू विरुद्ध शक्ति प्रदर्शन गर्दै हिन्दूहरूलाई तर्साउन खोज्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ ।
धार्मिक पर्वको नाममा अहिले देखि नै हातहतियार प्रदर्शन गर्दै अराजकता फैलाउने तत्वहरुमाथि यथाशीघ्र प्रतिबन्ध लगाउन एवं कानुनी कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद् नेपाल माग गरेको हो ।
विगतमा श्रीराम नवमी, श्री हनुमान जन्मोत्सव शोभा यात्रा आदिलाई एक समुदाय विशेषको धार्मिक स्थल क्षेत्रमा प्रवेश निषेध गरिए जस्तै मुहर्रम पर्वको बहानामा हातहतियार सहित निकालिने यात्रा, समूहलाई हिन्दूहरुको पवित्र धार्मिक ऐतिहासिक स्थलहरु जानकी मन्दिर, राम मन्दिर, रणभूमी मैदान (बाह्रविघा) आदिमा प्रवेष निषेध गराई समाजिक सद्भाव कायम राख्न सम्बन्धित सम्पूर्ण पक्षलाई विश्व हिन्दू परिषद् नेपालले आग्रह गरेको हो।
धार्मिक पर्वको बहानामा हिन्दुहरुको धार्मिक स्थलको गरिमामा आँच पु¥यान खोज्ने अराजक झूण्डहरुको क्रियाकलाप प्रति सतर्क रहन हुन सम्पूर्ण सनातन हिन्दू धर्मावलम्बीलाई आह्वान समेत विज्ञप्ति मार्फत गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…