प्रहरीका डिएसपी यादवलाई चोटैया, कसले भाँचिदियो खुट्टा ?
होहल्ला भएपछि घटनास्थलभन्दा करिब एक सय मिटरको दूरीमा रहेको जलेश्वर ट्राफिक कार्यालयका प्रहरीले घाइते यादवको उद्धार गरेर जलेश्वर प्रादेशिक अस्पताल लगेको स्थानीयले जानकारी दिए । सिकिस्त घाइते यादवको खुट्टा भाँचिएको छ ।

२०८० साउन ७ आइतबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक प्रहरी डिएसपीलाई महोत्तरीको जलेश्वरमा कुटपिट गरिएको छ । उनलाई गएराती कुटपिट गरिएको जनाइएको छ ।
जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक चन्देश्वर यादव जलेश्वर नगरपालिका वडा नं. २ बसपार्क नजिक विद्यापति नगरमा बिहीबार राति करिब १० बजे कुटिएका हुन् ।
बिहीबार रातिको घटना प्रहरीले लुकाउन खोजेपनि ढिला गरी बाहिरिएको हो । घाइते डीएसपी यादवको उपचार हुँदै गरेको प्रमाण समेत फेला परेको छ । यद्यपी, उनलाई किन कुटिएको बारे अनुसन्धान चलिरहेको छ ।
स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार बिहीबार राति अचानक होहल्ला सुनिएपछि घर बाहिर निस्किँदा रगतमा लतपतिएको अवस्थामा डीएसपी यादव भेटिएका थिए । उनले स्थानीयसामू आफूलाई बचाउन गुहार मागेका थिए ।
उनलाई ट्राफिक प्रहरीले उठाएर लगेको जलेश्वर नगरपालिका वडा नं. २ का महन्थ साहले जनाए ।
होहल्ला भएपछि घटनास्थलभन्दा करिब एक सय मिटरको दूरीमा रहेको जलेश्वर ट्राफिक कार्यालयका प्रहरीले घाइते यादवको उद्धार गरेर जलेश्वर प्रादेशिक अस्पताल लगेको स्थानीयले जानकारी दिए । सिकिस्त घाइते यादवको खुट्टा भाँचिएको छ ।
धनुषामा कार्यरत डीएसपी यादव राति १० बजे एक्लै जलेश्वरमा किन गएको र घट्ना के कारण भएको भन्ने विषयमा प्रहरीको कुनै पनि निकायले बोल्न मानेन ।
स्रोतकाअनुसार प्रदेश प्रहरीको टोलीले शनिबार घट्नास्थलको निरीक्षण गरेको छ । डीएसपी यादव केही महिना अगाडि महोत्तरीबाट सुरुवा भई धुनषा गएका थिए ।
जानकारी अनुसार, महोत्तरीमा कार्यरत रहँदा विभिन्न तस्करसँग सेटिँग गरेका डिएसपी यादवले सुरुवा भएपनि महिनबारी उठाउन जाँदा उनलाई तस्करहरुले नै कुटपिट गरेको बुझिएको छ । यद्यपी, यसको पुष्टि भने अझै भएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…