जयपुर स्वास्थ चौकीलाई नयाँ शौचालय हस्तान्तरण
स्वास्थ चौकीका लागि देखाएका उदारता र सहयोगका लागि आरआरपिके परिवारलाई विशेष धन्यावाद दिनुका साथै वडाअध्यक्ष अजय साहले समेत सहयोग गर्दै आउनुभएकोमा उहाँको प्रशंसा गर्दै सहयोगका निरन्तरताका लागि अपिले समेत राउतले गरे ।

२०८० साउन १ सोमबार, बिहान ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका वडा नं. २ स्थित जयपुर स्वास्थ चौकीलाई नयाँ चर्पी निर्माण गरी हस्तानान्तरण गरिएको छ ।
राष्ट्रिय रोजगार प्रबर्दन केन्द्र, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र गोडैता नगरपालिकाको सहकार्यमा उक्त चर्पी निर्माण गरिएको आरआरपिकेका फिल्ड अफिसर सृजना घिमिरेले जानकारी दिईन ।
समुदायको सक्रिय सहभागितामा स्वास्थ चौकीका नयाँ शौचालय निर्माण र स्वास्थ चौकी मर्मत कार्यका लागि कुल ७ लाख ३० हजार २ सय २८ बजेट विनियोजन गरिएको थियो ।
जसमध्ये आरआरपिकेको तर्फबाट ४ लाख ३ हजार ४ सय अठासी र सेफटी टंयाकी निर्माण र फिल्ड ढलानका कार्यका लागि गोडैता नगरपालिका वार्ड न। २ को तर्फबाट ३ लाख २६ हजार ७ सय ४० प्राप्त भएको स्वास्थ चौकीले जनाएको छ ।
स्वास्थ चौकीमा नयाँ चर्पी निर्माण गरी हस्तानान्तरण गरिएकोमा स्थानियवासी लगायत स्वास्थ चौकीका कर्मचारीहरुले आरआरपिके परिवारलाई विशेष धन्यावद समेत दिएका छन ।
स्वास्थ चौकीमा व्यवस्थित चर्पी नहुदाँ स्वास्थ चौकीका कर्मचारी तथा स्वास्थ चौकीमा स्वास्थ सेवा लिन आउने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरु प्रभावित हुदै आएको थियो ।
चर्पी निर्माणले स्वास्थ सेवा प्रवाहमा थप सहयोग पुग्ने स्वास्थ चौकीका प्रमुख सम्भु राउतले जानकारी दिए ।
स्वास्थ चौकीका लागि देखाएका उदारता र सहयोगका लागि आरआरपिके परिवारलाई विशेष धन्यावाद दिनुका साथै वडाअध्यक्ष अजय साहले समेत सहयोग गर्दै आउनुभएकोमा उहाँको प्रशंसा गर्दै सहयोगका निरन्तरताका लागि अपिले समेत राउतले गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…