संवाद फाउण्डेसनको शाखा सिरहामा बिस्तार, संयोजकको जिम्मेवारी पंकज शर्मालाई
न्यूज ब्यूरो, सिरहा । संवाद फाउन्डेसनले आफ्नो जिल्ला समिति गठन तीब्र गरेको छ। त्यसै क्रममा सिरहामा पंकज शर्मा संयोजकत्वमा संवाद फाउण्डेसन सिरहा जिल्ला समिति गठन गरिएको छ । फाउण्डेसनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले सिरहा कार्यसमिति बिस्तार गरेको हो । फाउन्डेसनले शाखा बिस्त

२०८० साउन १ सोमबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । संवाद फाउन्डेसनले आफ्नो जिल्ला समिति गठन तीब्र गरेको छ।
त्यसै क्रममा सिरहामा पंकज शर्मा संयोजकत्वमा संवाद फाउण्डेसन सिरहा जिल्ला समिति गठन गरिएको छ । फाउण्डेसनका केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले सिरहा कार्यसमिति बिस्तार गरेको हो ।
फाउन्डेसनले शाखा बिस्तारको क्रममा १५ सदस्य गरि शाखा बिस्तार गरेको छ । पंकज शर्मा, गीता ठाकुर, विकास साह, राजबिर साह, जयप्रकाश शर्मा, ओम प्रकाश साह, श्रवण महरा, फुलगेन पासमान, शशिकान्त रजक, यसै गरि १५ सदस्यहरू रहेका छन् ।
नव कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै फाउण्डेसनका केन्द्रीय अध्यक्ष भास्करले आफ्नो व्यक्तिगत जीवनसँगै फाउण्डेसनका माध्यमबाट सामाजिक कार्यमा पनि योगदान दिन आग्रह गरे । साथै सक्रिय युवाहरूको समूहले आफ्नो सीप र क्षमता प्रदर्शन गरी समाज रूपान्तरणमा टेवा पु-याउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
सिरहा जिल्लाको संयोजकको जिम्मेवारी पाएका शर्माले आफ्नो उत्तरदायित्व जिम्मेवारी पूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै आफूलाई विश्वास गरेर दिइएको जिम्मेवारीलाई पूरा गरेर संस्थालाई सक्रिय बनाउने प्रतिक्रिया दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…