जनकपुरः ५२ बर्षिय पुरुषसँग १७ बर्षिय किशोरी भगाईए, १५ लाखमा डील, छोरी वापत बुवाले लिए ५ लाख
दुवै जनामा साँठगाँठ भएपछि उनीहरु घरबाट फरार भएका थिए । किशोरीले श्रीनारायणलाई नै भगाएको पनि बताईएको छ । १५ दिनसम्म भारत बिहारको देवधा बसेका दुवै जनालाई खोज्दाखोज्दै भेटिएको थियो । गाउँमा झन बदनामी हुने भन्दै सो मामिला शान्त पार्न १५ लाख रुपैयाँको डील भएको बताईएको छ । जसमा गाउँका दलाल, ईलाका प्रहरी कार्यालय सबैला, वडा नं. ९ का वडाध्यक्ष मनिष राय, उनका छोरा बन्सी यादवले बाँडफाँडको सहमति भएको बुझिएको छ ।

२०८० असार ३० शनिबार, राति ९:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्रस्थित छोरी भगाएको भन्दै एक बुवाले ५ लाख रुपैयाँ लिएको भिडियो बाहिरिएको छ । एक नाबालिगलाई सोही ठाउँका सुन पसलेले भगाएको भन्दै १५ लाखमा डील भएको बुझिएको छ ।
धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ९ कुशमाहा सत्तोषरस्थित एक १७ बर्षिय किशोरीलाई सोही वडाको भठिहन बस्ने बर्ष ५२ को सिरी भन्ने श्रीनारायण साहले भगाएपछि १५ लाख रुपैयाँमा मामिला सेटल गरिएको हो ।
श्रीनारायणले विवाहित नाबालिगलाई अन्यत्रै भगाएर १५ दिनसम्म बाहिरै राखेपछि गाउँमा पँचायत भएको थियो । सो क्रममा स्थानीय र केही राजनीतिकर्मीहरुले किशोरीकी बुवालाई केही रकम लिएर मामिला रफादफा गर्न भनेको बुझिएको छ । सोही प्रकरणमा किशोरीकी बुवा राजकिशोर साहले ५ लाख रुपैयाँ लिरहेको भिडियो समेत बाहिर आएको छ ।
सो भिडियो खिच्ने किशोरी भगाउन श्रीनारायण साहका आफ्नै छोरा हुन् । उनले बुवाले किशोरी भगाए वापत ५ लाख रुपैयाँ दिएको प्रमाणको लागि भिडियो खिचेका थिए । यद्यपी, उनको मोबाईलबाट सो भिडियो लिक भएको हो ।
केही दिन अगाडी श्रीनारायणसँग साँठगाँठ किशोरकी बुवा नै किशोरीलाई गराएका थिए । नियतवंश किशोरीकी बुवाले धनाढय श्रीनारायणसँग अवैद्य सम्बन्ध राख्नसम्म छुट दिएर योजना तहत भगाएको आरोप स्थानीयहरुको छ । कच्चा उमेरमै विवाह गरिदिएका छोरीलाई उनको ज्वाईले चालचलनकै कारण छाडिएको बताईएको छ । ज्वाईले छाडेपछि घरमै बस्दै आएकी ती किशोरी भठिहन चोकमा सुनचाँदीको पसल सँचालन गर्दै आएका श्रीनारायण साह सोनारसँग सम्पर्क गराएको बुझिएको छ ।
दुवै जनामा साँठगाँठ भएपछि उनीहरु घरबाट फरार भएका थिए । किशोरीले श्रीनारायणलाई नै भगाएको पनि बताईएको छ । १५ दिनसम्म भारत बिहारको देवधा बसेका दुवै जनालाई खोज्दाखोज्दै भेटिएको थियो । गाउँमा झन बदनामी हुने भन्दै सो मामिला शान्त पार्न १५ लाख रुपैयाँको डील भएको बताईएको छ । जसमा ईलाका प्रहरी कार्यालय सबैला, वडा नं. ९ का वडाध्यक्ष मनिष राय, नेपाली काँग्रेसका नगर सभापति खटरु यादवका छोरा बन्सी यादवले बाँडफाँडको सहमति भएको बुझिएको छ ।
ईलाका प्रहरी कार्यालय सबैलामा साधारण खोजबिनको निवेदन चढाएका किशोरीकी बुवालाई छोरीको हरेक गतिविधि, लोकेशन सबै अपडेट रहेको बुझिएको छ । उनले ५ लाख रुपैयाँ गन्ती गरि लिरहेको भिडियोमा प्रष्ट देखिएको छ ।
यता, इलाका प्रहरी कार्यालय सवैलाका इन्चार्ज प्रनि रामकृष्ण देबकोटाले घटनामा सामान्य खोजबिनको उजुरि गरे पश्चात जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेल मा पिडित युवतिले आफुलाइ केहि नभएको र कसैसंग केहि गुनासो नरहेको भनी बयान फेरेपछि रकमको लेनदेन भएको हो ।
ईलाका प्रहरी कार्यालय सबैलाले अहिले पनि जाहेरी दिए सो जोहरीमा कानुनी कारवाही थाल्ने प्रतिवद्धता जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…