लहानमा अख्तियारको छापा: एक लाख घुससहित लेखा अधिकृत पक्राउ
न्यूज ब्यूरो, सिरहा। सडक डिभिजन लहान कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासको टोलीले मंगलबार दिउँसो ५ बजे छापा मारेको छ। एक लाख घुस रकमसहित लेखा अधिकृत पदम विनोद पोखरेललाई नियन्त्रणमा लिएको छ। सडक बनाउने कार्यको अन्तिम भुक्तानी गराइदिने बापत निर्माण व्यवसायीसँग घुस मागेको आरोप छ। सडक ०७६/०७

२०८० असार २६ मंगलबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। सडक डिभिजन लहान कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवासको टोलीले मंगलबार दिउँसो ५ बजे छापा मारेको छ।
एक लाख घुस रकमसहित लेखा अधिकृत पदम विनोद पोखरेललाई नियन्त्रणमा लिएको छ।
सडक बनाउने कार्यको अन्तिम भुक्तानी गराइदिने बापत निर्माण व्यवसायीसँग घुस मागेको आरोप छ। सडक ०७६/०७७ देखि नै सडक बनाउने कार्य भइरहेको थियो।
पक्राउ परेका लेखा अधिकृत पोखरेललाई थप अनुसन्धानका लागि बर्दिवास लगिएको छ। 
यो समाचार अन्नपूर्णबाट साभार गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…