धनौजी गाउँपालिकामा 'नँगा ग्याँग' परिचालन, जातीवाद र परिवारवादमा तल्लिन अधिकृत यादव
अधुरो कार्यको समेत भुक्तानी चेक काटन लगाएका अधिकृत यादवले २ नम्बर ठेकेदारको नँगा ग्याँग परिचालन गराएर पत्रकार रोहितलाई कुटपिट गराएको हो । समाचार लेखेकै निहुँमा रोहितालाई कुटनेहरु अधिकृत यादवको भाई, योजना पाएका ठेकेदार समूहको नँगा ग्याँगहरु तस्विरमा देखिएका छन् ।
२०८० असार २६ मंगलबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

सुरेन्द्र यादव, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका अधिकृत रँजीत यादवले नँगा ग्याँग परिचालन गरी पत्रकार कुटाएका छन् ।
असारे विकासको भुक्तानी गर्न अस्थायी कार्यालय जनकपुर सारेका अधिकृत यादवले नँगा ग्याँग परिचालन गरी मकालु खवरका पत्रकार शिवेन्द्र रोहितालाई कुटपिट गरेका गरेका छन् ।
गाउँपालिका मार्फत हुने विभिन्न योजना भाई–भरदारलाइ बाँडेका अधिकृत यादवले सोही नँगा ग्याँग लगाएर पत्रकार कुटाएका छन् । पत्रकार रोहिताले धनौजी गाउँपालिकाको प्रशासनिक बेतिथिको बारेमा समाचार लेखेपछि उनलाई समाचारकै निहुँमा नँगा ग्याँग लगाएर कुटपिट गराएको हो ।

अधुरो कार्यको समेत भुक्तानी चेक काटन लगाएका अधिकृत यादवले २ नम्बर ठेकेदारको नँगा ग्याँग परिचालन गराएर पत्रकार रोहितलाई कुटपिट गराएको हो । समाचार लेखेकै निहुँमा रोहितालाई कुटनेहरु अधिकृत यादवको भाई, योजना पाएका ठेकेदार समूहको नँगा ग्याँगहरु तस्विरमा देखिएका छन् ।
पत्रकार रोहितालाई थप उपचारको लागि काठमान्डौँ रिफर गरिएको छ भने कुटपिट गर्नेहरुलाई समेत केही पत्रकार सँचार सँस्थाकै आड रहेको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुरेन्द्र यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…