राष्ट्रिय सभामा आज पनि एमालेको अवरोध, प्रधानमन्त्रीको राजिनामा माग
न्युज ब्यूरो, काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ । राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ। निर्धारित भन्दा केही समय ढिलो गरी सुरु भएको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सुरु भएको जनाउ दिने बित्तिकै एमाले सांसद्हरु उठेर विरोध गरे। अध्यक्ष तिमिल

२०८० असार २४ आइतबार, दिउँसो १२:३२ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो, काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ ।
राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ। निर्धारित भन्दा केही समय ढिलो गरी सुरु भएको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सुरु भएको जनाउ दिने बित्तिकै एमाले सांसद्हरु उठेर विरोध गरे।
अध्यक्ष तिमिल्सेनाले सांसद् भगवती न्यौपानेलाई बोल्न समय दिएका थिए। सांसद् न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालले अब संसद्मा जवाफ दिन आवश्यक नभएको भन्दै राजिनामा दिन माग गरिन्।
उनले प्रधानमन्त्री संसद्मा आएर जवाफ दिन लायक नभएको भन्दै एकमात्र विकल्प राजिनामा भएकोले प्रधानमन्त्रीको राजिनामा नआएसम्म विरोध जारी रहने बताइन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।
अध्यक्ष तिमिल्सेनाले सांसद्लाई बस्न आग्रह गरेपनि उठेरै विरोध जनाइरहेका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…