महोत्तरीमा युवकमाथि दुई गोली प्रहार, अवस्था गम्भिर
ईलाका प्रहरी कर्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुमन सिंहले हतियार चलाउने मण्डललाई पक्राउ गरी कारबाहीको जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाएको जानकारी दिए ।

२०८० असार १९ मंगलबार, राति ९:२४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीमा आज साँझ गोली चलेको छ । एक युवकमाथि धन्धाधुन गोली चलाउँदा गम्भिर घाईते भएका छन् ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा गोली प्रहारबाट एक युवक गम्भिर घाईते भएको हो ।
रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टि बजार बस्ने ३८ वर्षीय कौशल मण्डलले सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादव माथि गोली प्रहार गरेको छ।
दुइ राउन्ड गरेको गोली प्रहारमा यादवको कन्चट नजिक र अर्को राउण्ड दाहिने कुमको माथी गोली लागि गम्भीर घाईते भएको छ।
उनलाई उपचारका लागि जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुरमा लगिएपनि उपचार सम्भाव नभए पछि थप उपचारको लागि जनकपुर स्थित जानकी हेल्थमा पठाइएको छ।
गोलि प्रहार गर्ने कौशल मण्डल र निजले प्रयोग गरेको पेस्तोल गोलिको खोका ३ थान सहित प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कर्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुमन सिंहले हतियार चलाउने मण्डललाई पक्राउ गरी कारबाहीको जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाएको जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…