जनकपुरको संकटमोचनमा उपद्रव मच्चाएका हिन्दु सम्राट सेनाले सार्वजनिक माफी मागेपछि छाडिए
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सो घटनामा पक्राउ परेका तीनै जनाले सार्वजनिक माफी मागेको तथा दुई वटा कम्यूटरको सिपियू दिएपछि मुद्दा रफादफा गरिएको हो । यद्यपी, उनीहरुलाई सशर्त छाडिएको जनाउँदै यस्ता क्रियाकलापमा पुनः देखिए कडा कारवाही समेत गरिने भएको छ ।

२०८० असार ६ बुधबार, बेलुकी ५:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरस्थित सँकटमोचन माविमा पसेर उपद्रव गर्नेहरुले सार्वजनिक माफी मागेपछि छाडिएको छ । उनीहरुले केही क्षतिपूर्ति समेत दिएपछि उनीहरुलाई शसर्त छाडिएको हो ।
गत जेठ १४ गते सँकटमोचन विद्यालयमा पसेर हिन्दु सम्राट सेनाको सदस्य हुँ भन्दै शिक्षकमाथि हातपात गरेकी लक्ष्मी साह, पूजा मण्डल र पँकज झालाई प्रहरीले पक्राउ गरेको थियो । केहिदिनपछि उनीहरुलाई तारेखमा रिहा गरिएको थियो । तारेखमा रिहा भएपनि मामिला चल्दै आएको थियो ।
बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा तीनै जनाले सार्वजनिक माफी मागेको हो । उनीहरुले स्कूलभित्र पसेर अशान्ती मच्चाउँदा विद्यालयको सरकारी सम्पति समेत तोडफोड भएको थियो । विद्यालय प्रशासनले तोडफोडको जिम्मेवार तीनै जनालाई ठहराउँदै क्षतिपूर्ति उनीहरुबाटै तिराउने अडान लिँदै आएको थियो । जिप्रका धनुषामा उनीहरुले केही क्षतिपूर्ति दिएपछि छाडिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, सो घटनामा पक्राउ परेका तीनै जनाले सार्वजनिक माफी मागेको तथा दुई वटा कम्यूटरको सिपियू दिएपछि मुद्दा रफादफा गरिएको हो । यद्यपी, उनीहरुलाई सशर्त छाडिएको जनाउँदै यस्ता क्रियाकलापमा पुनः देखिए कडा कारवाही समेत गरिने भएको छ ।
अपरान्ह ४ बजेको जिल्ला प्रहरी कार्यालय धनुषामा विद्यालय प्रशासन र हिन्दु सम्राट सेना पक्षबीच सहमति भएको हो । हिन्दु सम्राट सेनाकी लक्ष्मी साह, पूजा मण्डल र पँकज झाले माफी मागेको हो ।
गत जेठ १४ गते विद्यालयमा पसेर शिक्षक अखिलेश झामाथि तीनै जनाले सुनुयोजित तरिकाले हातपात गरेका थिए । सो सन्दर्भमा विद्यालयमा प्रधानाध्यापक बलिराम साहले उनीहरु कतैबाट लेनदेन गरी गैर अभिभावक बनेर विद्यालय छिरेको आरोप लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…