मधेशको गाउँ गाउँमा क्रिश्चनहरु सक्रिय, धर्मान्तरको लागि परमेश्वरको किरिया खुवाउँदै
अहिले कमला नगरपालिका वडा नं. ६ तर्फ क्रिश्चन एजेन्टहरुको टोली सक्रिय भएको हो । यद्यपी, हिन्दु सम्राट सेनाले उनीहरुलाई लखेटने र रामधुलाईको योजना समेत बनाएको छ । आम सर्वसाधारणलाई सम्झाउँदै उनीहरुले धर्म परिवर्तनको लागि कार्यक्रमहरु गरिरहेको बताएका छन् ।

२०८० असार २ शनिबार, राति ८:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशको गाउँ–गाउँमा क्रिश्चन धर्मावलम्बीहरु सक्रिय भएका छन् । उनीहरुले हिन्दु धर्मावलम्बीहरुलाई परमेश्वरको नाममा झुक्याएर किरिया समेत खुवाउने गरेको छ ।
ग्रामिण भेकमा पसेर क्रिश्चनका एजेन्टहरुले सर्वसाधारणहरुलाई विभिन्न प्रलोभन दिई धर्मान्तरको लागि उक्साउने गरेको पाईएको छ । यसअघि येशुको नाममा धर्मान्तर गराउँदा विभिन्न ठाउँमा कुटाई खानुको साथै हिन्दुहरुले लखेटेपछि उनीहरुले नयाँ हतकण्डा र नयाँ तरिका अपनाएका छन् ।
येशु भनेपछि कुटाई खान थालेपछि उनीहरुले हिन्दु देवीदेवतालाई नै सम्बोधन हुने गरी “परेश्वर” को नाममा गल्ली गल्लीमा पसेर धर्मान्तरको लागि अप्रोच गरिरहेको पाईएको छ । समाजिक सँजाल युटुब, फेसबुक, टिकटोकमा कुनै पनि दुःख निका पारिदिने जस्ता झुठा, भ्रामक र तथ्यहिन भिडियो बनाएर राख्ने उनीहरुले सोही सँजाल मार्फत सर्वसाधारणलाई परमेश्वरको नाममा फँसाउन थालेका छन् ।
क्रिश्चन धर्मका एजेन्टहरु विभिन्न गाउँमा घुमिरहेका छन् । उनीहरुले येशु ख्रिश्टनको किताबहरु बाँडनुको साथै कुनै पनि दुःख निको पारिदिने प्रलोभन दिँदै आएका छन् । हस्पिटलमा समेत निको नहुने दुःख येशुले निको पारिदिने भन्दै झुठा प्रलोभनमा पारी सर्वसाधारण महिलाहरुलाई माईण्ड वास गर्न सुरु गरेको छ ।
हिन्दु धर्मावलम्बीहरुले गर्ने सन्त सम्मेलन, शिवचर्चाकै शैलीमा क्रिश्चनहरुले “परमेश्वरको नाममा” कार्यक्रम गरी धर्मान्तरको बाटोमा डोरयाउन थालेको हो । यद्यपी, विभिन्न गाउँमा उनीहरुलाई हिन्दुहरुले लखेटनुको साथै रामधुलाई समेत गरेको छ ।
अहिले पूर्वी धनुषाको कमला नगरपालिकाको वडा नं. ६ तर्फ क्रिश्चनहरु सक्रिय भएका छन् । कमला नगरपालिका वडा नं. २ सराबेमा चर्च समेत निर्माण गर्न भ्याएका क्रिश्चनहरुले बोर्डिङग स्कूल समेत खोलेर हिन्दु बालबालिकाहरुलाई धर्मान्तर र क्रिश्चन धर्मप्रति आस्था बनाउन माईण्ड वास गर्न थालेका छन् । सरस्वति पूजामा सरस्वति पूजाको साटो क्रिश्चन नाच, गान येशुको भक्ति गर्न बाध्य बालबालिकाहरुलाई गराउने गरिएको छ ।
अहिले कमला नगरपालिका वडा नं. ६ तर्फ क्रिश्चन एजेन्टहरुको टोली सक्रिय भएको हो । यद्यपी, हिन्दु सम्राट सेनाले उनीहरुलाई लखेटने र रामधुलाईको योजना समेत बनाएको छ । आम सर्वसाधारणलाई सम्झाउँदै उनीहरुले धर्म परिवर्तनको लागि कार्यक्रमहरु गरिरहेको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…