धनौजीको तरही विद्यालयमा अब ८ कक्षासम्म पढाई हुने
कक्षा ५ सम्म मात्र सँचालनमा रहेको सो विद्यालयमा आगामी कक्षा नहुँदा सो क्षेत्रका बालबालिकाहरु अन्य विद्यालयमा टाढासम्म जानुपर्ने बाध्यता थियो । अब गाउँमै कक्षा ८ सम्म सँचालन हुने भएपछि स्थानीय स्तरमै बालिबालिकाहरुले अध्ययन गर्न पाउने भएको छ ।

२०८० असार २ शनिबार, बिहान ११:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम नजिकै रहेको धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ तरहीस्थितको आधारभूत विद्यालयमा अब ८ कक्षासम्म पढाई हुने भएको छ ।
तरहीस्थित रहेको गँगा राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक शिव नारायण मण्डलले विद्यालयमा कक्षा ८ सम्म अध्ययन अध्ययापनको लागि अनुमति ल्याउन सफल भएका छन् । निरन्तर दबाबपछि प्रअ मण्डलले सो विद्यालयमा ८ कक्षासम्म सँचालनको अनुमति प्राप्त गराएका हुन् ।
कक्षा ५ सम्म मात्र सँचालनमा रहेको सो विद्यालयमा आगामी कक्षा नहुँदा सो क्षेत्रका बालबालिकाहरु अन्य विद्यालयमा टाढासम्म जानुपर्ने बाध्यता थियो । अब गाउँमै कक्षा ८ सम्म सँचालन हुने भएपछि स्थानीय स्तरमै बालिबालिकाहरुले अध्ययन गर्न पाउने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…