बजेट ल्याईएको छैन, बजेट लुटिएको छ : डा. सिके राउत
उनले भने, ‘समग्रमा बजेट विनियोजनमा मात्रै चिन्ता नभएर समग्र व्यवस्थामाथि नै प्रहार भएको हो कि, संसदमाथि नै प्रहार भएको हो कि भन्ने कुराले बढी चिन्ता मलाई लागेको छ । यसो हेर्दा बजेट लुटिएको होजस्तो देखिन्छ । बजेट बनाएको, ल्याएको होइन । जसरी बैंक लुट्दाखेरी चार यारहरूले बैंक लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरूले लुटेर गएकाजस्तो देखिन्छ । बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ । चार यारहरू मिलेर, अँध्यारोमा गएर बाँडफाँट गरेकोजस्तो स्पष्टरूपमा देखिन्छ । यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ । वैशाखमा बारामा मत पेटिका लुटे । जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै

२०८० असार १ शुक्रबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याइएको नभई लुटिएको टिप्पणी गरेका छन्।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभई लुटिएको बताएको हो । उहाँले बैंक लुटे जसरी ‘चार यार’ हरूले बजेट लुटेको र अँध्यारो कोठामा गएर भागबन्डा गरेको आरोप लगाए ।
उनले भने, ‘समग्रमा बजेट विनियोजनमा मात्रै चिन्ता नभएर समग्र व्यवस्थामाथि नै प्रहार भएको हो कि, संसदमाथि नै प्रहार भएको हो कि भन्ने कुराले बढी चिन्ता मलाई लागेको छ । यसो हेर्दा बजेट लुटिएको होजस्तो देखिन्छ । बजेट बनाएको, ल्याएको होइन । जसरी बैंक लुट्दाखेरी चार यारहरूले बैंक लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरूले लुटेर गएकाजस्तो देखिन्छ । बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ । चार यारहरू मिलेर, अँध्यारोमा गएर बाँडफाँट गरेकोजस्तो स्पष्टरूपमा देखिन्छ । यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ । वैशाखमा बारामा मत पेटिका लुटे । जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ ।’
अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेको पनि बताए । उनले एक महिना बहस हुँदा पनि बजेटमा ‘कमा’ र ‘फुलस्टप’ समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद् र सांसदहरूको निरीहता भएको बताए । उनले बजेट योजना र दृष्टिविहीन भएको जिकिर गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…