जनकपुरः वडाध्यक्ष यादव र वडासचिव झा कमिशन (घुस) सहित रँगेहात पक्राउ
वडाध्यक्ष यादव र सचिव झाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन वडा नं. २ मा सडक निर्माण सम्पन्न भएपश्चात् सिफारिशवापत उपभोक्ता समितिका अध्यक्ष रोहित चौधरीसँग ७० हजार रुपैयाँ कमिशन लिईरहेको समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको छ ।

२०८० जेठ ३१ बुधबार, बेलुकी ७:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्रस्थित एक स्थानीय तहका वडाध्यक्ष र वडासचिव घुससहित रँगेहात पक्राउ परेका छन् ।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा अख्तियारको फन्दामा परेका छन ।
बुधबार साँझ अख्तियारको टोलीले दुबै जनालाई ७० हजार कमिसनको रकमसहित पक्राउ गरेको छ ।
वडाध्यक्ष यादव र सचिव झाले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख रुपैयाँको योजनामा नगराइन वडा नं. २ मा सडक निर्माण सम्पन्न भएपश्चात् सिफारिशवापत उपभोक्ता समितिका अध्यक्ष रोहित चौधरीसँग ७० हजार रुपैयाँ कमिशन लिईरहेको समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धानका लागि अख्तियारको कार्यालयमा लगिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…