जनकपुरः होटलमै कुटिए पत्रकार महासँघ धनुषाकी अध्यक्ष झा !
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले समेत समान्य विवाद भएको तर, घाईते नै भएको भन्ने कुरा कुनै जानकारी नरहेको प्रष्टयाएको छ । धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले कुटपिट वा घाईतेको कुनै सूचना नरहेको बताउँदै समान्य विवाद भएको जानकारी रिपोर्ट गरे ।

२०८० जेठ २७ शनिबार, बेलुकी ७:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झा होटलमै कुटिएकी छन् । उनी शनिबार पत्रकारहरुबाटै कुटिएको बताइएको छ ।
नेपाल पत्रकार महासँघ धनुषा शाखादेखि केही दुरीमा रहेको जनकपुरको एक होटेलमा उनी कुटिएकी हुन् । नयाँ सदस्यता नविकरणको सन्दर्भमा विवाद हुँदा उनी कुटिएको एक पत्रकारले बताएका छन् ।
होटेलमा बैठक चलिरहँदा सदस्यता नविकरणको लागि अध्यक्ष झाले एकलौटी गर्न खोजेपछि कुटिएको बताइएको छ । उनले आफ्ना पार्टी निकट पत्रकार, सँगठन निकट पत्रकारहरुलाई मात्र सदस्यता नविकरण गरी अन्य दलका पत्रकारहरुलाई सदस्यता दिन खोजेपछि विवाद भएको सोही बैठकमा सहभागी पत्रकारले बताए ।
उनले आफू निकट पत्रकारहरुलाई भोँट बैँक बनाउन सदस्यता दिने तर, अन्य पदाधिकारी नजिकका पत्रकारहरुलाई सदस्यता दिन आनाकानी गरेपछि विवाद मात्र भएको बताए । उनले कसैले कुटपिट नगरेको बताउँदै नाटक मात्र गरेको बताए ।
उनले भने, –“उनलाई कसले कुटछ र, समान्य विवाद चैँ भएको हो, तर कसैले कुटपिट भने गरेको होईन । उनी भाउन मात्र कसेको हुन सक्छ । नाटक मात्र गरेको छ ।”
पत्रकार महासंघ धनुषा शाखाको आफ्नै भवन, आफ्नै मिटिँग हल हुँदाहुँदै होटलमा कार्यक्रम किन गरेको भन्नेमा समेत विवाद भएको बताए ।
सो सन्दर्भमा महासंघकै एक पदाधिकारीले उनलाई अप्पन टिभीका क्यामेराम्यान सँजय साहले हात तानिदिएपछि हातमा सुजन र दुःखाई भएको बताएका छन् । मान्यूट खोसाखोस हुन थालेपछि अध्यक्ष झाले समातेको मान्यूट साहले खोस्न खोजेपछि हातमा चोट लागेको बताए । उनको हातमा अधिक दुःखाई भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरको ईमरजेन्सी वार्डमा भर्ना गरिएको बताईएको छ ।

मनिका झाको फेसबुकबाट लिइएको तस्विर
नयाँ सदस्यता वितरण, सदस्यता नविकरणको लागि झाले राजनीतिक दलको लगाव, आफूप्रतिको लगावको हिसाबले एकलौटी गर्न खोजेपछि विवाद भएको बताइएको छ ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले समेत समान्य विवाद भएको तर, घाईते नै भएको भन्ने कुरा कुनै जानकारी नरहेको प्रष्टयाएको छ । धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले कुटपिट वा घाईतेको कुनै सूचना नरहेको बताउँदै समान्य विवाद भएको जानकारी रिपोर्ट गरे ।
कोषाध्यक्षले फर्जी गरेको आरोप
नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष राम कमल महतो (राजकमल सिँह) ले विवाद गराएको आरोप लगाइएको छ । सिँहले आफू निकटका भोँटहरु तान्नको लागि राजीनामा बुझाईसकेका पूर्व सदस्यहरुको फाराम आफैँ भरेर फर्जी गरेको आरोप लगाईएको छ ।

सिँहले महासंघमा सक्रिय नै नरहेको सदस्यहरुलाई भोँट बैँकको रुपमा प्रयोग गर्न फर्जी हस्ताक्षर गरेर सदस्यता दिलाउन खोजेपछि विवाद चर्किएको बताईएको छ । नाम नखोल्ने शर्तमा सोही बैठकमा सहभागी एक पत्रकारले अध्यक्षमाथि हातपात गराउन कोषाध्यक्ष सिँहले विवाद गराएको थियो ।
महासँघका कोषाध्यक्ष सिँहले महासंघ भवनको सौन्दर्यीकरणको नाममा लाखौँ रुपैयाँको काम गरेको आरोप समेत लगाईएको छ । अहिले २५ लाखको काम गरिरहेको आरोप नाम नखोल्ने शर्तमा एक पत्रकारले लगाए ।
कोषाध्यक्ष सिँह यसअघि पनि विभिन्न विवादमा निरन्तर तानिदै आएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…