टिकटोकमा योजना बुनेर शिक्षक कुटेको आरोपमा दुई महिलासहित तीन जना पक्राउ, क्षतिपूर्ति तिराइने
यस क्षेत्रमा हिन्दु सम्राट सेनाप्रतिको युवाहरुको विश्वासलाई तीन जनाले बिगारिदिएका छन् । उनीहरुले सस्तो लोकप्रियता कमाउन मिडियासहित पुगेर त्यस्तो हर्कत गरेपछि आफैँ प्रहरीको फन्दामा परेका छन् ।

२०८० जेठ २१ आइतबार, राति ८:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको सँकटमोचन समुदायिक स्कूलमा योजनाबद्ध तवरले शिक्षक कुटेको भन्दै दुई महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत आईतबार दिउँसो आफूलाई हिन्दु सम्राट सेनाको सदस्य बताउँदै गुण्डाशैलीमा स्कूल पसेर शिक्षकमाथि कुटपिट गरेको आरोपमा लक्ष्मी साह, पूजा मण्डल र पँकज झा नामक व्यक्तिलाई पक्राउ गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक सहितका पिडित शिक्षक एवं विद्यालय व्यवस्थापन समितिले आईतवार विद्यालयमा नै पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १४ गते भएको घनाका सुनयोजित रुपमा भएको भन्दै दोषि पहिचान भएकाहरु माथि कारवाहीको माग गरे लगत्तै प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । तीनै जनाले विद्यालयका शिक्षकद्धय अखिलेश झामाथि कुटपिट गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक बलिराम साहले कुटपीटमा संलग्न रहेका लक्ष्मी साहले १२ गते विद्यालयको विरुद्धमा टिकटक बनाएर १४ गते उनी सहित चार पाँच जनाले गुण्डा शैलीमा विद्यालयमा प्रवेश गरि विद्यालयका शिक्षक अखिलेश झा माथि निर्घात कुटपीटका साथै विद्यालयको भौतिक संरचनामा तोडफोड गरि क्षति गरेको भन्दै कारवाहीको माग गरेका थिए ।
निजहरुले विद्यार्थीहरुलाई उक्साएर मनगढन्ते आरोप लगाएर योजनबद्ध रुपमा घटना गराएको भन्दै निजहरु मथि विद्यालयले अभद्र व्यवहार अन्तर्गत मुद्दा दत्र्ता गर्ने काम भएपनि हालसम्म कारवाही नहुदा शिक्षकलाई पठन पाठन गराउनमा समस्या भएको प्रधानाध्यापक साहले बताए ।
उनीहरुले विद्यालयका बेन्च, डेक्स, कम्प्युटर तथा सिसिटिभी क्यामरा, झयालको शिशाहरु गरेर करिव ७ लाखको क्षति गरेकाले उनीहरुवाट नै भर्न लगाउनका लागि पत्रकार सम्मेलन मार्फत प्रधानाध्यापकले माग समेत गरेका छन् ।
जानकारी अनुसार, तीनै जनामाथि अभद्र व्यवहारको मुद्दा चलाईएको हो । उनीहरुलाई कम्तीमा पनि २५ दिनसम्म हिरासतमा राखी अनुसन्धान थाल्ने अनुमान गरिएको छ । शिक्षकलाई लक्ष्मी साह, पूजा मण्डल र पँकज झा नामक व्यक्तिले त्यतिकै कुटपिट र अभद्र व्यवहार गरेको भिडियोमा प्रष्ट छ ।
उनीहरुले हिन्दु सम्राट सेनाको नाम भँजाएर गैर–समाजिक हर्कत गरेका छन् । मिडियाबाजी र सस्तो लोकप्रियताको भुखा रहेकी लक्ष्मी साहको गतिविधिलाई हिन्दु सम्राट सेनाले समेत नियाल्दै आएको बताउँदै उनलाई सँस्थाबाट हटाउने तयारी समेत गरिएको अपुष्ट जानकारी प्राप्त भएको छ ।
पीडककै पक्षमा हिन्दु सम्राट सेना
जनकपुरधाम क्षेत्रमा प्रतिष्ठित एवम् मर्यादित धर्म सँस्थाको रुपमा रहेको हिन्दु सम्राट सेनाका सदस्यहरुको गलतीलाई सँस्थाले ढाकछोप गरी बचाउने प्रयास गरेको देखिएको छ । कुनै सार्वजनिक सँस्थाको परिधीभित्र पसेर गुण्डाशैलीमा शिक्षकमाथि कुटपिट गर्ने व्यक्तिहरुलाई हिन्दु सम्राट सेनाले बचाउ गर्न खोजेका छन् ।
यस क्षेत्रमा हिन्दु सम्राट सेनाप्रतिको युवाहरुको विश्वासलाई तीन जनाले बिगारिदिएका छन् । उनीहरुले सस्तो लोकप्रियता कमाउन मिडियासहित पुगेर त्यस्तो हर्कत गरेपछि आफैँ प्रहरीको फन्दामा परेका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…