बहुप्रतिक्षितः रेशम चौधरीलाई आममाफी, भोली रिहाईको तयारी !
मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो। यस्तै ,मन्त्रिपरिषदकै सिफारिसमा टोपबहादुर बुढा समेत १९ जना व्यक्तिहरूलाई विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय पनि माफ गरेको भट्टराईले जानकारी दिएका छन्।

२०८० जेठ १४ आइतबार, बेलुकी ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जेलमा रहेका नेता रेशम चौधरीलाई सरकारले आममाफी दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेका छन्।
आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन्।
यसमा रेशम चौधरीसमेत समावेश गरिएका छन्। आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।
मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो।
यस्तै ,मन्त्रिपरिषदकै सिफारिसमा टोपबहादुर बुढा समेत १९ जना व्यक्तिहरूलाई विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय पनि माफ गरेको भट्टराईले जानकारी दिएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…