शिक्षकले छात्रामाथि दुरव्यवहार गरेको भन्दै जनकपुरको सँकटमोचन स्कूलमा तोडफोड, अवस्था तनावग्रस्त !
जिल्ला प्रहरी कार्यालय धनुषाले सो घटनाको पुष्टि गर्दै आरोपित शिक्षकहरुलाई जिप्रका धनुषामा ल्याएको बताएका छन् । यसबारे अनुसन्धानपछि मात्र थप कुरा भन्न मिल्ने जनाइएको छ । तोडफोडबाट कलेजको सिसाहरु फुटेको छ ।

२०८० जेठ १४ आइतबार, दिउँसो ३:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको सँकटमोचन मावि स्कूलमा विद्यार्थीहरुले तोडफोड गरेको छ । दुई शिक्षक मिलेर छात्रालाई दुरव्यवहार गरेको भनेको विद्यालयमा तोडफोड गरिएको हो ।
विद्यालयमा अध्ययनको लागि जाने गरेकी एक छात्रालाई सोही विद्यालयमा पढाउँदै आएका एक शिक्षकले छात्रामाथि दुरव्यवहार गरेको भन्दै सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरी बोलाइएको हो । समयमै पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । दुरव्यवहारको आरोपमा दुई शिक्षक पक्राउ समेत परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सो घटनाको पुष्टि गर्दै आरोपित शिक्षकहरुलाई जिप्रका धनुषामा ल्याएको बताएका छन् । यसबारे अनुसन्धानपछि मात्र थप कुरा भन्न मिल्ने जनाइएको छ । तोडफोडबाट कलेजको सिसाहरु फुटेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…