सिरहामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते
न्यूज ब्यूरो, सिरहा। सिरहामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि तीन जना घाइते भएका छन्। पूर्व –पश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका वडा नम्बर ३ स्थित नयाँ चोहर्वामा प्रदेश–२–०१००३ प ६३२१ नम्बरको स्कुटर र स ७ प २६१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटर

२०८० जेठ १४ आइतबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। सिरहामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि तीन जना घाइते भएका छन्।
पूर्व –पश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका वडा नम्बर ३ स्थित नयाँ चोहर्वामा प्रदेश–२–०१००३ प ६३२१ नम्बरको स्कुटर र स ७ प २६१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटरमा सवार स्थानीय रञ्जित साहको घटनास्थलमै मृत्यु भएको हो। रञ्जित साहको घर परिवारको अनुसार उनी पुरानो चोहर्वा केरा पकाउने औषधी लिन गएको थियो।
पश्चिमबाट पूर्वतर्फ आइरहेको स्कुटर र पूर्वबाट पश्चिम गएको तीन जना सवार मोटरसाइकल आपसमा ठोकिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर डुपेन्द्र प्रसाद बुढाथोकीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
दुर्घटनामा मिर्चैया नगरपालिका वडा नम्बर ३ का उमेश महरा, बेचन महरा र सञ्जय ठाकुर घाइते भएका छन्। घाइतेमध्ये उमेश महराको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारको लागि विराटनगर लगिएको छ। अन्य दुईजनाको भुमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…