वडाअध्यक्षले गोप्य ढङ्गले गठन गरेको उपभोक्ता समिति विघटन गर्नुपर्ने स्थानीयको माँग
न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिका ६ का वडा अध्यक्षले सडक आरसीसी ढलान कार्यको उपभोक्ता समिति गोप्य ढङ्गले कोठामा निश्चित व्यक्ति भेला गरेर बनाएको भन्दै स्थानीयले विघटनको माँग गरेको छ। पूर्वाधार विकास कार्यालय सिरहाबाट गोलबजार नगरपलिका वडा नम्बर ६ को कृष्णमन्दिर देखि भोटनाथ चाकसम्मको सडक आरसीसी

२०८० जेठ १३ शनिबार, दिउँसो २:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिका ६ का वडा अध्यक्षले सडक आरसीसी ढलान कार्यको उपभोक्ता समिति गोप्य ढङ्गले कोठामा निश्चित व्यक्ति भेला गरेर बनाएको भन्दै स्थानीयले विघटनको माँग गरेको छ।
पूर्वाधार विकास कार्यालय सिरहाबाट गोलबजार नगरपलिका वडा नम्बर ६ को कृष्णमन्दिर देखि भोटनाथ चाकसम्मको सडक आरसीसी ढलान गर्ने योजनाको उपभोक्ता समिति वडा अध्यक्ष सज्जित लामाले कोठामा बसेर बनाएको भन्दै स्थानीयले खाजेरी गरी पुनर्गठनको माँग गरेको हो।
स्थानीय उपभोक्ताहरू रामऔतार यादव, श्याम कुमार लामा, महेश साह, कमला लामा, सुनिल लामा, राज कुमार, राकेश साह सहितले लिखित रुपमा अपारदर्शी ढङ्गले बनाएको उपभोक्ता समिति विघटन गर्न माँग गरेको स्थानीय नविन लामाले बताए। उनले भने, ‘हामीले उपभोक्ताहरूलाई सूचना समेत नगरी बनाएको उपभोक्ता समिति हामी मान्दैनौं, सबैलाई राखेर पारदर्शी ढङ्गले नयाँ समिति गठन गर्नुपर्ने हाम्रो माँग हो।’
वडाअध्यक्ष लामाले उपभोक्ता समिति गठन भइसकेकोले यसलाई विघटन गर्न आफूले नसक्ने भन्दै कार्यपालिकामा छलफल गर्ने बताए। उनले अहिलेलाई गठन भएका उपभोक्ता समितिलाई नै काम गर्न दिन अनुरोध समेत गरे।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…