जनकपुर एयरपोर्टको रनवेमै स्याल पसेपछि विमान पुनः फर्कियो काठमान्डौँ
जनकपुर विमानस्थलमा आएर काठमाडौं फर्केका यति एयरका जहाजमा ६० जना सबार रहेको एयरलाईन्सले जनाएका छन् । जनकपुरको लागि यात्रु सवार साँझ ६ः१० को जहाज ६ः२० मा उडेको थियो भने जनकपुरबाट काठमाडौंको लागि ५९ जनाले टिकट लिएका थिए ।

२०८० जेठ ७ आइतबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर विमानस्थलको रनवेमा स्याल आएपछि अवतरण नगरेर यति एयरलाइन्सको जहाज काठमाडौं फर्केको छ ।
पाईलटले दुई पटक अवतरण गर्न खोजेपनि रनवेमा स्याल आईसकेपछि यति एयरलाईन्सको जहाज काठमाडौं फर्केका छन् । विमानस्थलका प्रमुखसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क नभएपनि यति एयरलाइन्सका प्रबन्धक राजेश सिंहका अनुसार दुई पटक अवतरण गर्न खोजेपनि अवतरण गर्ने अवस्था प्रतिकुल नभएपछि जहाज फर्केको जनाएका छन् ।
उनका अनुसार जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न पहिलो पटक पानी परेको हुँदा मौसमको कारण र अर्को पटक अवतरण गर्न खोज्दा रनवेमा स्याल देखेपछि जहाज फर्केको छ । पाइलट एटीसीलाई रनवेको अवस्थाको बारेमा जानकारी गराउँदा जहाज अवतरण नगर्न सुझाएपछि जहाज ओभरसुट गरी फर्केको प्रबन्धक सिंहले जनाए ।
जहाजले जनकपुरको आकाशमा दुई फन्को मारेर अवतरण नगरी काठमाडौँ फर्केका छन् ।
जनकपुर विमानस्थलमा आएर काठमाडौं फर्केका यति एयरका जहाजमा ६० जना सबार रहेको एयरलाईन्सले जनाएका छन् । जनकपुरको लागि यात्रु सवार साँझ ६ः१० को जहाज ६ः२० मा उडेको थियो भने जनकपुरबाट काठमाडौंको लागि ५९ जनाले टिकट लिएका थिए ।
काठमाडौं फर्केका यतिका आजको फ्लाईट रद्ध गरिएको जनकपुर विमानस्थल यति एयरलाईन्सले जनाएका छन् । फ्लाईट रद्द हुँदा आउँने जाने दुबै तर्फका यात्रुहरु बिचल्लीमा परेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…