प्रादेशिक अस्पताल जनकपुरमा तीन पटक गलत रिपोर्ट, बोल्दा जनमतका दुई कार्यकर्ता पक्राउ
प्रहरी हिरासतमा रहेका विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विरेन्द्र यादव र युवा जनमत संघ धनुषाका सहसंयोजक इजाज अंसारीलगायतका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न जनमतका नेताहरुले माग गरेका छन् ।

२०८० जेठ ७ आइतबार, राति ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालबाट जनमत पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । प्रादेशिक अस्पतालमा एक गर्भवति महिलाको पक्षमा बोल्दा प्रहरीले पक्राउ गरेको हो ।
प्रादेशिक अस्पताल जनकपुरधाममा पुगेकी एक गर्भवती महिलाको एउटै जाँच तीन पटक भयो र तीनै पटक फरक फरक रिपोर्ट दिइयो। सोही जाँच निजी ल्याबमा गराउँदा अवस्था ठीक भएको रिपोर्ट दिइयो। तर,पनि प्रादेशिक अस्पतालका कर्मचारीहरुले निजी अस्पतालमा लैजान दाबब दिएपछि त्यसको विरोधमा जनमतका कार्यकर्ताहरुले बोलेका थिए ।
डाक्टर र कर्मचारीको गरिबप्रतिको व्यवहारको विरोध गरेका विद्यार्थी जनमत संघ र युवा जनमत संघ धनुषाका नेताहरुलाई अस्पतालका कर्मचारीहरुले प्रहरी बोलाएर पक्राउ गर्न लगाएको आरोप लगाएका छन्।
प्रहरी हिरासतमा रहेका विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विरेन्द्र यादव र युवा जनमत संघ धनुषाका सहसंयोजक इजाज अंसारीलगायतका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न जनमतका नेताहरुले माग गरेका छन् ।
साथै घटनाको छानबिन गरी गलत रिपोर्ट बनाउने ल्याबका कर्मचारी र निजी अस्पतालमा पठाउ दबाब दिने दलालमाथि कारवाहीको माग समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…