सिरहाको चोहर्वामा लघुवित्त पीडितले गरे लघुवित्त संस्था माथि हमला
न्यूज ब्यूरो, सिरहा। मधेश प्रदेशमा मिटर ब्यजीको आन्दोलन नसेलाउदै लघुवित्त पिडित आन्दोलनले उग्र रुप् लिन थालीसकेका छन्। सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित चोहर्वा बाट र्याली सुरु गरि लघुवित्त संस्था विरुद्ध विरोध प्रदर्शन गर्दै गोलबजार सम्मका लघुवित्त संस्थाहरुमा तालाबन्दी गर्दै प्रदर्श

२०८० जेठ ४ बिहीबार, राति ९:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। मधेश प्रदेशमा मिटर ब्यजीको आन्दोलन नसेलाउदै लघुवित्त पिडित आन्दोलनले उग्र रुप् लिन थालीसकेका छन्।
सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित चोहर्वा बाट र्याली सुरु गरि लघुवित्त संस्था विरुद्ध विरोध प्रदर्शन गर्दै गोलबजार सम्मका लघुवित्त संस्थाहरुमा तालाबन्दी गर्दै प्रदर्शन गरेको छ।
लघुवित्त संस्था विरुद्ध संघर्ष समितिको आयोजनामा सिरहामा विरोध प्रदर्शन तथा तालाबन्दी कार्यक्रम आयोजना गरिएको थियो । लघुवित्त संस्था नवसामन्ती रुपमा स्थापित भएको आरोप लगाउँदै खारेजीको माग गरेका छन्।

झन्डै २०० जनाको समुह र पुनम महतोको लघुवित्त संस्था संघर्ष समिति, मधेश प्रदेश उपाध्यक्षको नेतृत्वमा रहेको नयाँ चोहर्वामा रहेको डिप्रोक्स लघुवित्त संस्थाको नयाँ चोहर्वा रहेको कार्यालयमा आन्दोलनरत समुहले कार्यलयमा तोडफोड गरेका छन् । कार्यलयको महत्त्वपूर्ण कागजातहरू समेत आन्दोलनरत समुहले च्यातेका छन् ।

उनीहरूले लघुवित्तको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्न माग गरेका छन्।
सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं ३ स्थित नयाँ चोहर्वा देखि आन्दोलन सुरु भएर गोलबजारको गोलचक्कर निर कोण सभामा परिणत भई बुद्धिजीवीहरूले मन्तव्य कार्यक्रम गरि उक्त कार्यक्रम समाप्त गरेका थिए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…