धनौजी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै
“हामिले प्रधानमन्त्री रोजगार माध्यमबाट जति सके त्यति गाउँपालिकालाई बिकासको बाटोमा लग्न खोज्दै छौँ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हामीले सिँचाइ देखि लिएर नालाहरुको सफा गराउनेमा अधिक फोकस गरी समुदायिक सरसफाई र सार्वजनिक हितको कार्यहरु गराउँदै आएका छौँ ।”– सँयोजक झाले भने ।

२०८० जेठ ४ बिहीबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि छनौट गरिएको कार्यहरु प्रभावकारी रुपमा जारी राखिएको छ ।
धनौजी गाउँपालिका अन्तर्गत वडा नं. ३ कटैया, वडा नं. ४ भडरिया, वडा नं. ५ बहुवर्बामा प्रधानमन्त्री रोजगार माध्यमबाट कामहरू प्रभावकारी रुपमा सँचालन गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न र मजदुरी गरेर घर चलाउनेका लागि राहत समेत दिँदै आएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार सँयोजक श्यामेन्द्रा झाले बताए ।
“हामिले प्रधानमन्त्री रोजगार माध्यमबाट जति सके त्यति गाउँपालिकालाई बिकासको बाटोमा लग्न खोज्दै छौँ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हामीले सिँचाइ देखि लिएर नालाहरुको सफा गराउनेमा अधिक फोकस गरी समुदायिक सरसफाई र सार्वजनिक हितको कार्यहरु गराउँदै आएका छौँ ।”– सँयोजक झाले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…