प्रहरी दमनको प्रतिरोधमा चोहर्वा-सिरहा सडक बन्द
सो वडाका पूर्व वडाध्यक्ष ज्ञानदेव सिंह दनुवारले निर्माण गरेका भवन निर्माणपछि जग्गादाताको नाम नराखेपछि शीलालेख तोडफोडको चेतावनी दिएको थियो । शीलालेख तोडफोड गरेपछि गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले कारवाहीको माग गरेका छन् भने प्रहरीले सो बारे अनुसन्धान थालेको छ ।

२०८० जेठ ३ बुधबार, दिउँसो ३:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रहरीले अनैतिक ढंगले हतकडीलगाई स्थानीयलाई पक्राउ गरेको भन्दै प्रहरी दमनको प्रतिरोधमा चक्काजाम गरेका छन्।
सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं. २ स्थित निर्माण भएको वडा कार्यालयको शिलालेख तोडफोड गरेको आरोपमा सोही वडाका पूर्व वडाध्यक्ष ज्ञान्देव दनुवार र सोही स्थान बस्ने श्याम सिंह दनुवार शिलालेख तोडफोड गरेको विषयमा प्रहरीले आज बिहान पक्राउ गरेका छन् ।
पक्राउ परेका वडा अध्यक्ष र स्थानीयलाई रिहा गर्न माग गर्दै स्थानीयले चोहर्वा सिरहा सडक स्थित पानबारी चोकमा चक्काजाम गरेका छन्।
नेपाली कांग्रेसका जिल्ला सभापति राम चन्द्र यादव, नेपाल तरुणदलका जिल्ला सभा पति अरविन्द मण्डल लगायत सर्वदलीयले आन्दोलन चर्काएका हुन्।
चक्काजाम गरेको स्थलमा सयौँको सङ्ख्यामा नेपाल प्रहरी र सशत्र प्रहरीलाई परिचालन गरिएका छन् ।

सो वडाका पूर्व वडाध्यक्ष ज्ञानदेव सिंह दनुवारले निर्माण गरेका भवन निर्माणपछि जग्गादाताको नाम नराखेपछि शिलालेख तोडफोडको चेतावनी दिएको थियो ।
शीलालेख तोडफोड गरेपछि गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले कारवाहीको माग गरेका छन् भने प्रहरीले सो बारे अनुसन्धान थालेको छ ।
उक्त, आन्दोलनलाई मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव समर्थन जनाउदै आन्दोलन स्थलमा आएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…