मारुती सिमेन्ट उद्योगमा मजदुरको मृत्यु
न्यूज ब्यूरो, सिरहा । सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मेसिन मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेको बेला बेल्डले लागेर भारत मध्यप्रदेश सतना जिल्लाका २५ वर्षीय मजदुर अनुर

२०८० बैशाख २९ शुक्रबार, बिहान ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मेसिन मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेको बेला बेल्डले लागेर भारत मध्यप्रदेश सतना जिल्लाका २५ वर्षीय मजदुर अनुराग तिवारीको बुधबार मृत्यु भएको हो ।
मेसिन मर्मत गर्ने क्रमममा बेल्टले दाहिने पाखुरा काटिएर घाईते तिवारीको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । उद्योगका युनियनका प्रतिनिधिहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…