सिरहा : उपचार खर्च तिर्न नसक्दा शव तीन दिन देखि न्युरो अस्पतालमा बंधक
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ का ३६ वर्षीय बिरेन्द्र सदाको शव तीन दिनदेखि अस्पतालमै रहेको छ । उपचार कै क्रममा तीन दिन अघि मृत्यु भएको उनको शव औषधी र उपचार वापत लागेको सम्पूर्ण खर्च तिर्न नसकेपछि विराटनगरस्थित न्युरो अस्पतालमै रहेको मृतककी श्रीमती मालती देवी सदाले बताएक

२०८० बैशाख २२ शुक्रबार, बेलुकी ५:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ का ३६ वर्षीय बिरेन्द्र सदाको शव तीन दिनदेखि अस्पतालमै रहेको छ ।
उपचार कै क्रममा तीन दिन अघि मृत्यु भएको उनको शव औषधी र उपचार वापत लागेको सम्पूर्ण खर्च तिर्न नसकेपछि विराटनगरस्थित न्युरो अस्पतालमै रहेको मृतककी श्रीमती मालती देवी सदाले बताएकी छिन् ।
अत्यन्त विपन्न परिवारका सदा मस्तिष्कघात भई गत चैत्र २७ गते सो अस्पतालमा उपचारका लागी भर्ना गरिएकोमा उपचार कै क्रममा बैशाख १९ गते मृत्यु भएको थियो ।
मृतकका भतिजा अभिषेकले अस्पतालले काकाको उपचार वापतको बाँकी बक्यौता सम्पूर्ण रकम नबुझाएका कारण शव लिएर जान नदिएको बताए ।
परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार र औषधी वापतको बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए । मृतकका आफन्तले अस्पतालमा जग्गा बेचर २ लाख रुपैयाँ बुझाएका छन ।
लामो समय भेन्टिलेटर तथा आइसीयुमै राखिएकोले औषधी र उपचार खर्च लम्बिएको भन्दै अस्पतालले थप तीन लाख रकम माग्ने गरेको सदाकी श्रीमती मालतीले बताईन् । उनले भएको जग्गा पनि बेची सकेकोले अब कसैले ऋण पनि दिन नमानेको तथा अस्पतालले पुरा पैसा नपाएसम्म शव दिन नसकिने भन्दै फर्काइ दिएको बताए ।
मृतकका छोरा अंकितले औषधी वापत आइएन फार्मेसीको ३ लाख तथा उपचार वापत अस्पताललाई ३ लाख तिर्न बाँकी रहेको बताए । अस्पतालले उपचार खर्च वापत ३ लाख भन्दा बढी रुपैयाँ बाँकी रहेको जनाएको छ ।
अस्पतालका प्रशासन अधिकृत मातृका पोखरेलले औषधी बाहेक उपचार खर्च मै ३ लाख ३५ हजार बाकी रहेको बताए । उनले बाकी सम्पूर्ण रकम नभएपनि अस्पताललाई पनि समस्या नहुने गरी आफन्तले मनासिब रकम बुझाए शव दिन तयार रहेको बताएका छन् ।
शव ल्याउन र अस्पताललाई खर्च वापतको बाकी रकम जुटाउन अहिले स्थानीय समाजसेवी पञ्चु माझी मुसहरले सहयोग संकलन अभियान सुरु गरेका छन । उनले तीन दिन यता सुरु गरेको प्रयासमा विहीबार सम्म ४८ हजार ५ सय रुपैयाँ सहयोग संकलन भएको बताए । उनले सहयोग संकलन अभियान सिरहा र सप्तरीमा चलाइएको जानकारी पनि दिए । अन्य जिल्लाबाट समेत सहयोगको आश्वासन आइरहेको उनले जनाएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…