गुठीको जग्गाहरु व्यवस्थित गर्न मधेश सरकारले भूमि ऐन ल्याउँदै
मधेश प्रदेशमा कृषिमा आधारित उद्योग स्थापना गर्न थुप्रै उद्योगीहरु तयार रहे पनि जग्गाको उपलब्धता नहुँदा समस्या आएको देखिन्छ । सरकारले उद्योग, शिक्षण संस्था, अस्पताल निर्माण गर्न जग्गा उपलब्ध गराउने, बिजुलीको सुविधा दिने, करमा सहुलियत, पूर्वाधार निर्माण गर्ने घोषणा गरिसकेको छ ।

२०८० बैशाख १७ आइतबार, बिहान ७:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले गुठीलगायत सरकारी जग्गाहरुलाई व्यवस्थित गर्न भूमि ऐन बनाएको छ ।
भूमि ऐनले जग्गाहरु व्यवस्थित गरी प्रदेश सरकारले रोजगारमूलक कृषिजन्य उद्योग धन्धालगायतका योजनाहरु कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
भूमि ऐन तयार भइसकेको बताउँदै महिना दिन भित्र प्रदेश सभाबाट पारित भएर कार्यान्वयन हुने मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बताए ।‘भूमि ऐन बनिसकेको छ’ उनले भने, अब चाँडै प्रदेश सभामा दर्ता हुनेछ । मधेश प्रदेशमा पर्याप्त सरकारी, गुठीलगायतका निकायहरुको जग्गा रहे पनि कानूनको अभावमा त्यसको व्यवस्थापन र समुचित प्रयोग हुन नसकेको मुख्यमन्त्री यादवले बताए ।
मधेश प्रदेशको सबै जिल्लामा गुठी संस्थानको जग्गा रहेको छ ।तर समुचित व्यवस्थापन नहुँदा अतिक्रमणको चपेटामा परेको छ ।गुठी संस्थानको जग्गा ऐन बनाएर उपयोग गर्ने प्रदेश सरकारले तयारी गरेको छ ।
मधेश प्रदेशमा कृषिमा आधारित उद्योग स्थापना गर्न थुप्रै उद्योगीहरु तयार रहे पनि जग्गाको उपलब्धता नहुँदा समस्या आएको देखिन्छ । सरकारले उद्योग, शिक्षण संस्था, अस्पताल निर्माण गर्न जग्गा उपलब्ध गराउने, बिजुलीको सुविधा दिने, करमा सहुलियत, पूर्वाधार निर्माण गर्ने घोषणा गरिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…